search

spot_img
spot_img

प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गापाको भवन उदघाटन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा जिल्लाको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रवार उदघाटन गरेका छन् ।
पालिकाले आफ्नै स्रोतबाट करिब ३ करोड २५ लाख रुपियाँ लगानीमा निर्माण गरिएको भवनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले उदघाटन गरेका हुन् । उदघाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक र सुविधासम्पन्न भवनबाट अब स्थानीय बासिन्दाले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे। भवन निर्माणमा सहयोग गर्ने सबै क्षेत्रका सहयोगीलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गरे। उनले आफ्नो नेतृत्वमा शुरू गरिएको हुलाकी राजमार्ग अब अन्तिम चरणमा पुगेको जानकारी दिए । “केही स्थानमा प्राविधिक समस्या र निकुञ्ज क्षेत्रका कारण ढिलाइ भए पनि काम तीव्र गतिमा अघि बढिरहेको छ,” प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले बारालाई माछापालन सुपरजोन घोषणा गरिएको उल्लेख गर्दै यसले किसानलाई आर्थिक रूपमा सबल बनाउन र देशलाई योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले राजनीतिक अस्थिरताका कारण विकासमा अवरोध आए पनि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर स्थिर सरकार बनाइ विकासको गति तीव्र पारेको दाबी गेर।
उनले मधेशमा आएको सुख्खाग्रस्त अवस्थावारे पनि टिप्पणी गर्दै तीन दिनअघि तराई–मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको स्मरण गराए। प्रधानमन्त्री ओलीले चाँडै सिंचाइ र खानेपानीको व्यवस्थापनका लागि डिप बोरिड्ढो काम शुरू हुने जानकारी दिए। उनले सुख्खा समस्या समाधानका लागि चुरे व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै सुनकोशी डाइभर्सन आयोजना तीव्र गतिमा अघि बढाइने बताए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेशनल मेडिकल कलेज र नेपाल ट्रक यातायात व्यवसायी महासंघबीच बिरामी उपचार सम्बन्धी सम्झौता

वीरगंज, ९ साउन । नेशनल मेडिकल कलेज र नेपाल ट्रक यातायात व्यवसायी महासंघ बीच सवारी दुर्घटनामा घाइते, कार्यरत पदाधिकारी,...

सम्बन्धित खबर

- Advertisement -neelambads