search

spot_img
spot_img

नेशनल मेडिकल कलेज र नेपाल ट्रक यातायात व्यवसायी महासंघबीच बिरामी उपचार सम्बन्धी सम्झौता

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ साउन । नेशनल मेडिकल कलेज र नेपाल ट्रक यातायात व्यवसायी महासंघ बीच सवारी दुर्घटनामा घाइते, कार्यरत पदाधिकारी, कर्मचारी तथा चालकहरूको सहज उपचारको व्यवस्था गर्न बिरामी उपचार सम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा नेशनल मेडिकल कलेजले महासंघबाट सिफारिस भई आउने बिरामीहरूलाई प्राथमिकताका साथ स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र आकस्मिक अवस्थामा तुरून्त उपचार शुरू गर्ने व्यवस्था गरिएको छ।

सम्झौतामा ३ लाख रुपियाँसम्मको उपचार खर्च सम्बन्धीत स्थानीय संघ–संस्थाले व्यहोर्ने र सोभन्दा बढी खर्च महासंघले बेहोर्ने सहमति गरिएको छ। बीमा दावी प्रक्रियामा आवश्यक सम्पूर्ण कागजात अस्पतालले उपलब्ध गराउनेछ।

दुवै पक्षले ३ वर्षको लागि यो सम्झौता गरेका छन्, जुन आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। सम्झौता अन्तर्गत देशभरका विभिन्न १८ वटा यातायात व्यवसायी संघहरू रहेका छन् । नारायणी यातायात व्यवसायी संघ, हेटौडा, बाणगंगा यातायात व्यवसायी समिति, कपिलबस्तु, तराई यातायात व्यवसायी संघ, सिमरा , पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवल, मध्यपश्चिमाञ्चल ट्रक टेक्टर व्य.संघ, सुर्खेत, ट्रक यातायात व्यवसायी संघ नेपाल, काठमाडौं, राप्ती अंचल सयक्त ट्रक व्य.समिति, दाङ, कोशी ट्रक व्यवसायी संघ, ईटहरी, लुम्बीनी ट्रक व्यवसायी संघ भैरहवा, भेरी अंचल ट्रक ट्याङ्गर व्य.समिति, नेपालगंज, बिराटनगर ट्रक व्यवसायी संघ, बिराटनगर, गण्डकी ट्रक यातायात व्यवासयी संघ, पोखरा, सर्लाही ट्रक व्यवसायी संघ, हरिऔन, सेती महाकाली ट्रक व्यवसायी संघ, सेती, लुम्बिनी साना मझौला ढुवानी व्यवसायी संघ, लुम्बिनी, संयूक्त परिवहन व्यवसायी समिति, धरान, बाग्मती टिपर व्यवसायी संघ, बनेपा, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, लोकन्थली, समावेश छन।

सम्झौतामा नेशनल मेडिकल कलेजबाट ई. प्रदीप कुमार चोधरी (सिइओ) र नेपाल ट्रक यातायात व्यवसायी महासंघबाट ओम कृष्ण कार्की (केन्द्रीय कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कलेजका मार्केटिंग मैनेजर जीतेश दास, एडमिन विश्वनाथ कान्त, तराई यातायात व्यवसायी संघका महासचिव अर्जुन प्रसाद अधिकारी, का.स.स. मदन राज कंसकार लगायत मीडिया संयोजक आशिक अंसारीको उपस्थिति रहेको थियो ।

सो सम्झौताले ट्रक व्यवसायीहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने कार्यक्रममा सहभागीहरुले जानकारी गराएका छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गापाको भवन उदघाटन

वीरगंज, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा जिल्लाको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रवार उदघाटन गरेका छन्...

सम्बन्धित खबर

- Advertisement -neelambads