search

spot_img
spot_img

सशस्त्र प्रहरीद्वारा छापामारीः सात लाख बराबरको कपडा बरामद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज १२ साउन । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगंजले दुई स्थानमा छापा मारी भन्सार छलीको सात लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । साउन ११ गते सूचनाका आधारमा सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेको थियो । गुल्मपति डिएसपी पुरूषोत्तम भण्डारीको नेतृत्वमा आदर्शनगरस्थित एक गोदामबाट भन्सार चोरी पैठारी गरि भण्डारण गरिएका रेडिमेड कपडा नियन्त्रणमा लिएको थियो । यसैगरी अरूण कुमार तेलीको घरमा डिएसपी भण्डारीको नेतृत्वमा १५ जना सशस्त्र प्रहरी र भन्सार कार्यालयका नायब सुब्बा सुवर्ण पौडेलसहित ३ जना कर्मचारीले छापामारी कपडा बरामद गरेको थियो । बरामद सात लाख छ हजार मूल्य बराबरको कपडा कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भन्नुभयोः हाम्रो योगदान खेर नजाओस्

काठमाडौँ, २८ भदौः प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे...

सम्बन्धित खबर

- Advertisement -neelambads