search

पटेर्वासुगौली गापा–५ विवाह गर्दा वडा कार्यालयको अनुमति अनिवार्य

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ साउन । पटेर्वा सुगौली गाउँपालिका वडा –५ मा विवाह गर्नुअघि वडा कार्यालयको अनुमति हुनुपर्ने प्रावधान लागू गरिएको छ । मंगलवार वडाध्यक्ष बिपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले बालविवाह नियन्त्रणका लागि यसप्रकारको निर्णय गरिएको जनाइएको छ । वडाध्यक्ष मुखियाले वडाभित्र कसैले विवाह गर्न चाहेको खण्डमा वडा कार्यालयबाट स्वीकृति लिनु अनिवार्य रहेको र अनुमति नलिई विवाह गरेमा वडा कार्यालयले नियमानुसार कारबाही गर्ने जनFएका छन् । विवाह गर्न चाहने केटा–केटी दुवैले २० वर्ष उमेर पूरा गरेको हुनु पर्ने शर्त पनि अनिवार्य गरिएको छ । उमेर नपुगी वा स्वीकृति बिना गरिएको विवाहलाई अवैध ठहर गर्दै कारबाहीको दायरामा ल्याइने वडाध्यक्ष मुखियाले जानकारी दिए। बैठकले वडामा बालविवाह प्रथा अन्त्य गर्नका लागि घर–घरमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। बैठकमा वडाध्यक्ष मुखियासहित वडा सदस्य मदन मिश्र, पारस साह कानु, रजमतिया देवी दुसाद र नूरबानोले निर्णयमा हस्ताक्षर गरेका छन् ।
Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads