search

spot_img
spot_img

अञ्जलीको हत्या आरोपी पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

धनुषा १५ साउन/ यहाँस्थित जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई पक्राउ गरेको छ। आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जलीको गत सोमवार राती खुकुरी प्रहार गरी हत्या गरिएको थियो। आरोपित साहलाई हिजो राति करिब साढे १० बजे क्षीरेश्वरनाथ नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक बरूणबहादुर सिंहले जानकारी दिनुभयो। रामबाबु यसअघि आफनो श्रीमतीको हत्या गरी पाँच वर्ष जेल सजाय काटेर २०७७ सालमा रिहा भएका थिए। साहले सोमवार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका–१ ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी आशा यादव घाइते भएका थिए। आशाको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आशा रामबाबुकै प्रेमी रहेको र उनकै कारण घटना घटेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रनाउ सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा केही महिनापछि दोस्रो विवाह गरेर गाउँँमै बस्दै आएका थिए। सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान भइ प्रेम सम्बन्ध गाँसिएको थियो। “आशाको श्रीमानलाई दुबैजनाको सम्बन्धका वारेमा थाहा भएपछि दुवै पक्ष बसेर गाउँँमा छलफल गरी आशालाई रामबाबुको जिम्मा लगाउँने सम्झौता भएको रहेछ,” उहाँले भन्नुभयो, “श्रीमान्ले दुर्ई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि उनीहरू छुट्टिएका रहेछन्।” आशाको शुरूमा आर्थिक अवस्था कमजोर रहेकामा पछि आर्थिक अवस्था सुध्रिँदै जाँदा रामबाबुसँग टाढिन थालेको र पूर्व श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी प्रनाउ सिंहले जानकारी दिनुभयो। रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

महानगरपालिकाको बजेट पुन:निर्माणतर्फ संशोधन, असहाब आलम परिवारलाई ५ लाख सहयोग

वीरगंज ४ असोज । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनःनिर्माणमा खर्च...

सम्बन्धित खबर

- Advertisement -neelambads