search

spot_img
spot_img

वीरगंजको खानेपानी संकट दीर्घकालीन समाधानका लागि महानगरपालिका सक्रिय

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ साउन ।

वीरगंजमा उत्पन्न खानेपानी संकटलाई दीर्घकालीन रुपमा समाधान गर्नको लागि वीरगंज महानगरपालिकाले चासो देखाएको छ ।

यसै सन्दर्भमा चुरेको पानीलाई कसरी संरक्षण गर्ने विषयमा अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति काठमाडौं, शाखा कार्यालय भरतपुर, चितवनको सहजीकरणमा भएको अवलोकन कार्यक्रममा आज जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंजमा राणा कालदेखि सञ्चालनमा नेपालको दोस्रो खानेपानीको रुपमा चिनिने कर्म कुमारी खानेपानी तथा उपभोक्ता समितिले भूमिगत पानीलाई कसरी सञ्चित गरेर अमलेखगंजका बासिन्दालाई वितरण गरिरहेको छ भन्ने बारेमा जानकारी लिएको छ ।

अमलेखगंजमा २४ लाख लिटर खानेपानी सञ्चित गरेर अमलेखगंजका ८८७ घरधुरीलाई मधेसमा खानेपानीको संकट हुंदा पनि निर्वाध रुपले खानेपानी वितरण भइरहेको वडाध्यक्ष नारायण लामिछाने मगरले जानकारी गराए ।

चार नम्बर पुल खोलाको सतहमा २४ मिटर लम्बाई, दुई मिटर चौडाइ र अढाइ मिटर गहिराई बराबरको आयातन आकारको टयांकी बनाएर चुरेको पानी संरक्षण गर्दै आइएको छ । सो भूमिगत पानीलाई ६ इन्चको प्लाष्टिकको पाइपबाट ५ किलोमिटर दक्षिणतर्फ रहेको अमलेखगंज खानेपानी उपभोक्ता समिति स्थलको खानेपानी टयांकीसम्म पु¥याइएको छ । अमलेखगंजमा पानी टयांकीमा प्रशोधित भएर एक इन्चको पाइपबाट घरघरमा पानी वितरण हुने गरेको छ ।

सोही नमूना अनुसार चुरे भावर क्षेत्रमा पानी सञ्चित हुने पोखरी बनाएर चुरेको पानीलाई संरक्षण गर्नुपर्ने निष्कर्षमा पुगिएको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी गराए ।

वीरगंज–३१ बेलवाको राष्ट्रपति चुरे क्षेत्रको भेडाहा खोला नजीकै पोखरी र बाँध बनाई पानी सिञ्चित गरेर पानी जमीनमुनि पठाउने काम आगामी दिनमा अगाडि बढाइने छ । उनले भने, “यसरी चुरेको पानी बाढीको रुपमा खेर गयो भने काम लाग्दैन र पानीलाई सञ्चित गर्ने आयोजना सञ्चालनमा आयो भने बेलवाको भेडाहा खोलादेखि दक्षिणतर्फ रहेको वीरगंज महानगरपालिकाको पानीको लेयरलाई माथि उकास्न सकिन्छ । हरेक चापाकल र पानी आउने वातावरण बन्न सक्छ ।”

अनुगमन टोलीमा राष्ट्रपति चुरे तराई मधेस संरक्ष्Fण विकास समितिका केन्द्रीय अध्यक्ष किरण पौडेल, इन्जिनीयर अनिल सिन्हा, वन वातावरण तथा विपद व्यवस्थापन महाशाखाका कर्मचारी लगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, १६ साउन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मिलन गुरुङ...

सम्बन्धित खबर

- Advertisement -neelambads