search

काठ चोरीको आरोपमा एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ साउन ।

डिभिजन  वन कार्यालय पर्साले काठ चोरीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

आज बिहान सवा १ बजेको समयमा वीरगंज–३१ बेलवाको नाका भएर काठसहित एकजनालाई पक्राउ गरिएको हो । सब डिभिजन वन कार्यालय रंगपुरकी प्रमुख वन अधिकृत यास्मिन चौधरीको कमान्डमा छ जना को हतियारधारी वन रक्षक टोलीले काठसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति र काठको विवरणबारे पछि जानकारी गराउने डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमदले जानकारी गराए । रातिको समयमा काठ तस्करी भइरहेको पूर्व सूचनाको आधारमा वन गस्ती गर्ने क्रममा काठ तस्करलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन् ।

Facebook Comments Box

ताजा खबर

सीमा सुरक्षा गस्तीको क्रम कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक। सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। बुधवार १२ः३० बजेको समयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads