search

spot_img
spot_img

करेन्ट लागेर मृत्यु भएका परिवारको घरमा प्रदेश सरकारको टोली

पढ्न छुटाउनुभयो ?

सप्तरी, १५ साउन । रूपनी गाउँपालिका–२ का  बालेश्वर खंग र उनकी  श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक बीमा पीडित परिवारले पाउने गरि पहल शुरू भएको छ ।

खंग दम्पतिको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली आज घटनास्थल सप्तरीको रूपनी २ पौंवा टोल पुगेर बीमा सुविधाको लागि पहल शुरू भएको जानकारी दिएको हो ।

गत शुक्रवार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बालेश्वर खंगको मृत्यु भएको थियो भने उनलाई बचाउन गएकी उनकी श्रीमती रामकुमारी खंगको समेत करेन्ट लागेर ज्यान गएको थियो।

दैनिक मजदूरीमा जीवन निर्वाह गर्दै आएका खंग दम्पति पछाडि आश्रित परिवार छोडेर गएपछि शोकाकुल बनेको परिवारलाई सान्त्वना दिदै प्रदेश सरकारले बीमाको पहल शुरू गरेको हो।

खेलकुद तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बीमा कम्पनीका प्रतिनिधि समेतको टोली आज दिउँसो रूपनी गाउँँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो।

टोलीले पीडित परिवारसँग भेट गरी घटनाको जानकारी लिएको थियो भने मृतक दम्पतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको थियो।

टोलीले खंग परिवारलाई मधेश प्रदेश सरकारले यो वर्ष साउन १ गतेदेखि लागू गरेको नागरिक बीमा कार्यक्रम अन्तर्गत बीमा सुविधा प्राप्त गर्न सकिने जानकारी गराउँदै आवश्यक कागजात सङ्कलन शुरू गरेको जनाएको छ । साथै, प्रक्रिया सहज बनाउन स्थानीय तह र सम्बन्धीत निकायहरूसँग समन्वय भइरहेको टोलीले स्पष्ट पारेको छ।

टोलीका अनुसार प्रदेश सरकार नागरिकको सुख–दुःखमा साथ रहने संकल्पमा प्रतिबद्ध रहेको र यस्ता विपद्को बेलामा सरकार स्वयं पीडितको दैलोसम्म पुगेर राहत, सहारा र साथ दिन तत्पर रहने बताइएको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

पर्सा १६ साउन : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ द प्रतिशत उजुरी फछ्र्योट गरेको छ । उक्त...

सम्बन्धित खबर

- Advertisement -neelambads