search

भोजपुरी भाषा अमूल्य सम्पदा– नगरप्रमुख सिंह

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ साउन । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषा आफूहरूको पहिचान, संस्कार र लोकजीवनको अमूल्य सम्पदा भएको बताएका छन् । शनिवार प्रमोद पाण्डेय ‘हेरम्ब’द्वारा रचित गीताज्ञान दर्शन पुस्तकको लोकार्पण समारोहमा बोल्दै नगरप्रमुख सिंहले भोजपुरी भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण तथा प्रवद्र्धनका लागि सबैलाई सक्रिय हुन आग्रह गरे । उनले भोजपुरी भाषाको उत्थानमा महानगरपालिका सदैव साथमा रहने बताए। उनले एक वर्षभित्र भोजपुरी प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्ने बताए । कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, प्रतिष्ठानकी अध्यक्ष अनिता साह, साहित्यकार रामप्रसाद साह, गणेश लाठ, विजयकिशोर पाण्डे, छोटेलाल साह, सतीशचन्द्र झा ‘सजल’ लगायतको सहभागिता थियो । वरिष्ठ साहित्यकार ‘सजल’ले पुस्तकको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए भने लेखक पाण्डेयले भोजपुरी भाषालाई आधुनिक साहित्यको मूलधारमा स्थापित गर्ने आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउने अठोट व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले भोजपुरी भाषा–साहित्यले सामाजिक सद्भाव, ऐतिहासिक चेतना र सांस्कृतिक जडानलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads