दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड

पर्सा, १९ साउन : पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आइतबार दिउँसोदेखि नै […]
दुर्घटनामा एकजनाको मृत्यु, ट्रक चालक पक्राउ

वीरगंज, १८ साउन । ट्रकको ठक्करबाट घाइते भएका एकजना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । साउन १३ गते राति ११ बजेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट राजमार्गमा खटिएको टोलीले निजगढ नगरपालिका वडा न. ८ तामागढी गेट स्थित पूर्व पश्चिम राजमार्ग सडकको उत्तर खण्डमा एक जना पुरूष व्यक्ति घाइते अचेत अवस्थामा भेटिएका थिए । आर्मी […]
प्रशान्तलाई कास्य पदक

काठमाडौँ, १८ साउनः नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका छन् । दक्षिण कोरियाको चेओङ्जु सहरमा भएको उक्त प्रतियोगितामा प्रशान्तले जुनियर पुरुष ४२ किलोमुनि तौल समूहमा कास्य पदक पाएको नेपाल कुराश सङ्घले जनाएको छ । प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो […]
१४ वर्षीया बालिकालाई बेच्न खोज्ने व्यक्ति पक्राउ

वीरगंज, १८ साउन । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका–५ का २५ वर्षीय हिरा माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । माझीले काठमाडौंबाट वीरगंज ल्याइएकी १४ वर्षीया किशोरीलाई भारतको दिल्लीमा काम लगाइदिने र विवाह गर्ने प्रलोभन देखाउँदै भारत लैजान खोजेका थिए। उनीहरूलाई वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिक […]
दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते, फरार चालक पक्राउ

रौतहट, १८ साउन । रौतहट जिल्लामा क्षेत्री दम्पतीलाई ठक्कर दिएर भागेको पिकअप गाडीका चालकलाई बाराको पथलैयामा प्रहरीले नियन्त्रणमा लिएको छ । आइतवार बिहान साढे १० बजे विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २–००३–००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका–५ निवासी नेपाल […]
पत्नीलाई मुक्का-लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा पति पक्राउ

वीरगंज, १८ साउन । पत्नीलाई लाठी प्रहार गरी हत्या गरेको आरोपमा पर्सा जिल्लाबाट एकजना पति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । साउन १७ गते ६ः३० बजे जिल्ला पर्सा जीराभवानी गाउँपालिका वडा नं.५ शंकरसरैया बस्ने वर्ष ३२ को जितेन्द्र माझी मुशहरले घरायसी वाद–विवादका कारण मादक पदार्थ सेवन गरी आफ्नै पत्नी वर्ष २४ की […]
लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षमा असेश्वर पटेल

वीरगंज, १८ साउन । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षा असेश्वर पटेल सर्वसम्मत चयन भएका छन् । शनिवार वीरगंज–२४ स्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा सम्पन्न नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा पटेल सर्वसम्मत चयन भएका हुन् । संघको उपाध्यक्षमा सुबोध श्रीवास्तव र (उपाध्यक्ष, महिला) मा रोशनी श्रेष्ठ, सचिवमा राजेश […]
सुबोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार क्रान्ति साहलाई प्रदान गर्ने निर्णय

वीरगंज, १७ साउन/ प्रतीक प्रकाशन समूह प्रालिको शनिवार बसेको बैठकले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार वीरगंजका पत्रकार क्रान्ति साहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतीक दैनिकको कार्यालयमा बसेको बैठकले स्व. सुबोध सिंहको स्मृतिमा स्थापना गरिएको ५१ हजार रुपैयाँ राशिको यो पुरस्कार साहलाई दिने निर्णय गरेको सम्पादक शत्रुघ्न नेपालले जानकारी दिए। उनका अनुसार पुरस्कार आगामी […]
शुभेक्षा तिवारीको सांगीतिक कोशेली माया कता छौ.. सार्वजानिक

काठमाडौं, १७ साउन । गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘माया कता छौ..’ हालै सार्वजनिक भएको छ । आफ्नै शब्दमा स्वर भरेकी शुभेक्षा तिवारीको गीतमा चर्चित संगीतकार दीपक शर्माको संगीत निर्देशन र राहुल बिश्वकर्माको संगीत संयोजन रहेको छ।गीतको भिडियो HIGHLIGHTS NEPAL को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। संचारकर्मी डा. शिव तिवारीको निर्देशन रहेको गीतको भिडियोमा […]