रौतहट, १८ साउन । रौतहट जिल्लामा क्षेत्री दम्पतीलाई ठक्कर दिएर भागेको पिकअप गाडीका चालकलाई बाराको पथलैयामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतवार बिहान साढे १० बजे विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २–००३–००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका–५ निवासी नेपाल प्रहरीका पूर्व असई ६० वर्षीय सुशिलकुमार क्षेत्रीको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो भने पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा सामान्य चोट लागेको छ ।
घाइते दम्पतीलाई उपचारका लागि तत्काल एम्बुलेन्सबाट पठाइएकोमा वीरगंज स्थित नेशनल मेडिकल अस्पतालमा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले बताएका छन् । अर्की घाइते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भईरहेको छ । मोटरसाईकललाई ठक्कर दिएर चालकले पिकअप तीव्रगतिमा कुदाएर फरार भएका थिए ।
पथलैयाबाट दिउँसो ३ बजेतिर पक्राउ परेका चालक मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ टोल निवासी ईन्द्रबहादुर दर्जीका छोरा, अन्दाजी २४ वर्षीय रमेश परियार रहेको इलाका प्रहरी कार्यालय रौतहट बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले बताएका छन। चालक सहित गाडीलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिजयपुरमा ल्याईएको इन्स्पेक्टर यादवले जानकारी दिएका छन।
दुर्घटनास्थलमा प्रहरी चौकी दुधिअवाबाट असई बिन्देश्वर प्रसाद यादवको कमाण्डमा तीन जनाको टोली खटिएको र माबी दुधिअवा अगाडी रहेको सिसी टिभी क्यामरामा ठक्कर दिएर भागेको पिकअप गाडीको नम्बर को २ च ३२६३ देखिएको इन्स्पेक्टर यादवले जानकारी दिएका छन। सिसी टिभीमा गाडीको नम्बर देखिए पछि सुनसरी प्रहरी संग समन्वय गरी गाडीको वारेमा बिस्तृत जानकारी लिएर प्रहरी सञ्चार पठाएको आधारमा गाडीसहित चालक पक्राउ परेका छन् । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको धेरै समय सम्म घाइते रोक्का बाटोमै लडेको अवस्थामा रहेकाले अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो।

Facebook Comments Box