search

spot_img
spot_img

दुर्घटनामा एकजनाको मृत्यु, ट्रक चालक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ साउन । ट्रकको ठक्करबाट घाइते भएका एकजना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । साउन १३ गते राति ११ बजेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट राजमार्गमा खटिएको टोलीले निजगढ नगरपालिका वडा न. ८ तामागढी गेट स्थित पूर्व पश्चिम राजमार्ग सडकको उत्तर खण्डमा एक जना पुरूष व्यक्ति घाइते अचेत अवस्थामा भेटिएका थिए । आर्मी कलरको ब्याग बोकेको २०–२२ वर्षको कालो टिसर्ट, कालो पाईन्ट र कालो बुट लगाएको व्यक्ति टाउकोमा गम्भीर अवस्थाको चोट लागेको अवस्थामा उनको उद्धार गरी सामुदायिक अस्पताल निजगढमा प्रहरी भ्यानमार्फत पु¥याइएको थियो । सो अस्पतालबाट तत्काल रिफर गरी एल.एस.न्युरो अस्पताल पु¥याइएकोमा उपचारको क्रममा साउन १४ गते सो व्यक्तिको मृत्यु भएको थियो । घाइतेको मोबाईलमा आफन्तको सम्पर्क नम्बरबाट फोन आएपछि प्रहरीले घाइते व्यक्ति जिल्ला बारा कोहल्बी नगरपालिका वडा न.५ बस्ने सुरेश चौधरीको छोरा वर्ष २० को समिर चौधरी रहेको जानकारी प्राप्त गरेको थियो । प्रहरीले घटनाको अनुसन्धान गर्दै जांदा मृतक चढेर आएको बा.प्र.०३–००१ ख ३८३७ नम्बरको न्यु डायमण्ड बसमा चढेका र सकुसल बसबाट ओर्लेर केहि कदम हिडेको सिसिटिभी फुटेजबाट खुल्न आएको प्रहरीले जनाएको छ । चौधरीको निधारमा चुच्चो फलामको भागले काटेको जस्तो घाउ देखिएपछि प्रहरीले सवारी साधनहरूको खोजी गर्दै अनुसन्धान गर्ने क्रममा को.१ ख.७८०८ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीको दावी छ । प्रहरीले उक्त ट्रक चालक सन्दिप कुमार भण्डारीलाइ इलाका प्रहरी कार्यालय निजगढमा ल्याइ सोधपुछ गर्दा दुर्घटना स्विकार गरेकोले चालक सन्दिप कुमार भण्डारीलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रशान्तलाई कास्य पदक

काठमाडौँ, १८ साउनः नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका छन् । दक्षिण कोरियाको चेओङ्जु...

सम्बन्धित खबर

- Advertisement -neelambads