ठोरीमा भूमिहीनको लागि जग्गा नापजाँच शुरु

वीरगंज, १९ साउन । भूमि आयोग पर्साले सोमवारदेखि पर्सा जिल्लाको ठोरी गाउँपालिकामा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि जग्गा नापजाँच कार्यको शुरु गरेको छ। भूमि आयोग पर्साका अध्यक्ष तबरेज आलमले नापजाँच कार्यको उदघाटन गरेका हुन् । कार्यक्रम ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भूमिहीनको समस्यालाई केवल जमिनको विषयमा सीमित नराखी, मौलिक, समानता र सामाजिक न्यायको […]
कटुवा पेस्तोल देखाएर तर्साउने खाँ पक्राउ

वीरगंज, १९ साउन । कटुवा पेस्तोल देखाएर तर्साउने एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा घर भई हाल वीरगंज महानगरपालिका–१६ इनर्वास्थित ससुरालीमा बस्दै आएका ४० वर्षीय साहेब खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । इनर्वा गाँउमा खाँले हतियार लिएर स्थानीयबासीलाई डरत्रास देखाउँदै घुमिरहेको सूचना पाएपछि इलाका प्रहरी […]
शुक्लाफाँटा आरक्ष विस्थापितको पुनर्स्थापना माग गर्दै सांसद तामाङद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, १९ साउन/ प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकको पुनर्स्थापना तथा जीवनयापनका न्यूनतम आवश्यकताप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ। कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद तामाङले सोमबार प्रतिनिधिसभाको छैठौं अधिवेशनको शून्य समयमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु हुँदै सांसद तामाङले विसं २०५८ मा आरक्ष विस्तारसँगै विस्थापित भएका परिवारहरू […]
मौलिक परम्पराको जगेर्ना गर्न सरकार प्रतिबद्ध– मन्त्री यादव

काठमाडौँ, १९ साउन : खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताउनुभयो […]
नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशको भवन निर्माणका लागि गुठी संस्थानसँग सम्झौता सम्पन्न

काठमाडौं, १९ साउन । नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले आफ्नै भवन निर्माणका लागि ऐतिहासिक सफलता हात पारेको छ। सोमबार काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा नेपाल पत्रकार महासङ्घ र गुठी संस्थानबीच जनकपुरधामको चार कठ्ठा गुठी जग्गा लिजमा प्राप्त गर्न औपचारिक सम्झौता सम्पन्न भयो। सम्झौताअनुसार जनकपुरधामको मुटुमा अवस्थित श्रीराम मन्दिर गुठीअन्तर्गतको उक्त चार कठ्ठा जग्गामा महासङ्घले […]