search

spot_img
spot_img

उपकार सेवा नेपालको जेष्ठ नागरिक समूहलाई ५ थान पंखा सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज २० साउन। उपकार सेवा नेपालले चितवनको माडी नगरपालिका वडा नं ९ स्थित गणेशकुञ्जामा रहेको राममन्दिर जेष्ठ नागरिक समूहलाई ५ थान पंखा सहयोग गरेको छ। जेष्ठ नागरिकहरूले भजनकीर्तन गर्ने स्थानमा पंखाको अभाव भएकोले सहयोग गरिएको हो।

उपकार सेवा  नेपाल वीरगञ्जकी अध्यक्ष विद्यादेवी सरावगीले श्री गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक तोयनाथ अधिकारी र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका सदस्य विष्णुप्रसाद अधिकारीलाई ती पंखाहरू हस्तान्तरण गर्नुभएको थियो। पंखा हस्तान्तरण कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, समाजसेवी प्रकाश थारु, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, रेडियो नेपालका मधेस ब्युरो प्रमुख ध्रुव अधिकारी र सामुदायिक रेडियो नारायणी एफएमका लेखा समिति संयोजक भानुभक्त अधिकारीको उपस्थिति रहेको थियो।

गणेशकुञ्जास्थित राममन्दिरसँगै रहेको जेष्ठ नागरिकहरूको विश्रामस्थलमा पंखाको व्यवस्था मिलाइदिन माडी नगरपालिका वडा नं। ९ का अध्यक्ष धनश्याम दवाडीले उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगीलाई अनुरोध गर्नुभएको थियो। वडाध्यक्षको आग्रहमा माडीमा जेष्ठ नागरिकले गर्मीको समयमा भोग्नुपरेको असहज अवस्थालाई सहज बनाउन विभिन्न दाताबाट प्राप्त ५ थान पंखा सहयोगस्वरूप उपलब्ध गराइएको समाजकी अध्यक्ष सरावगीले बताउनुभयो।

यसअघि पनि उपकार सेवा नेपालले माडी नगरपालिका वडा नं। ९ स्थित गणेश आधारभूत विद्यालयलाई १० थान पंखा सहयोगस्वरूप उपलब्ध गराएको थियो। अघिल्लो वर्ष गरिएको उक्त सहयोगप्रति विद्यालय परिवारले समाजकी अध्यक्ष विद्यादेवी सरावगीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको थियो। उपकार सेवाले सोही वडामा यसअघि ७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचियर र जाडोको समयमा ३ सय घरपरिवारका लागि कम्बल पनि वितरण गरेको थियो।

Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

किशोरीलाई अपहरण गरी जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

वीरगंज, २० साउन । १७ वर्षीया किशोरीको अपहरण, शरीर बन्धक र जबरजस्ती करणी अभियोगमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी...

सम्बन्धित खबर

- Advertisement -neelambads