search

spot_img
spot_img

प्रहरीको गोली प्रहारबाट मदिरा तस्करको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

सप्तरी, राजविराज श्रावण २१ गते, बुधबार /

सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरमा मदिरा नियन्त्रणको नाममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीय युवकको ज्यान गएको छ। मृत्यु हुनेमा लालु यादव रहेको मधेश प्रदेश प्रहरीले पुष्टि गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार सीमावर्ती क्षेत्रमा अवैध रूपमा ठूलो परिमाणमा मदिरा भण्डारण गरिएको भन्ने सूचनाका आधारमा गएराति प्रहरीले सर्च अपरेशन चलाएको थियो। सो क्रममा स्थानीय ‘तस्कर’ भनिएका व्यक्तिहरूसँग झडप भएको र प्रहरीले आत्मरक्षाको लागि ७ राउन्ड गोली चलाएको प्रहरीको भनाइ छ।

तीघ्रामा गोली लागेर गम्भीर घाइते भएका लालु यादवको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। प्रहरीद्वारा उक्त स्थानबाट विभिन्न ब्राण्डका ८० कार्टुन मदिरा बरामद गरिएको दाबी गरिएको छ।

तर, यो घटनाले प्रहरीको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ। सुन तस्करीजस्ता संगठित अपराधमा संलग्नलाई सैलूट गर्दै विदा गर्ने आरोप खेपिरहेको प्रहरी संगठनले सीमावर्ती गाउँमा सानो परिमाणको मदिराको कारोबार गर्ने स्थानीय नागरिकलाई गोली प्रहार गरेर हत्या गर्नुले दोहोरिएको दोहोरो मापदण्डको कडा आलोचना भैरहेको छ।

स्थानीयवासीहरूका अनुसार रातिको समयमा ठूलो संख्यामा प्रहरी पुगेर गाउँमा त्रास फैलाएको थियो। स्थिति नियन्त्रणमा लिन वार्ताको बाटो नअपनाई सिधै गोली चलाउनु अमानवीय र दमनकारी कार्य भएको उनीहरूको आरोप छ।

मानवअधिकारकर्मीहरू र नागरिक समाजले समेत घटनाको निष्पक्ष छानबिनको माग गर्दै सुरक्षाकर्मीहरूले स्थानीयमाथि बल प्रयोग गर्दा अपनाउनु पर्ने संयमता र मापदण्डहरूलाई बेवास्ता गरिएको उल्लेख गरेका छन्।

यस घटनाले नेपालमा कानुनी कार्यान्वयनमा देखिएको दोहोरो व्यवहार फेरि एकपटक उजागर गरेको छ। एकातिर अवैध सुन तस्कर, ठूला तस्करहरूलाई सुरक्षाकर्मीहरूको संरक्षण मिलिरहेको, तिनको अनुहारसमेत नखुलेको अवस्था रहँदा, अर्कोतर्फ स्थानीय सीमावर्ती जनतालाई गोलीको सामना गर्नुपर्ने राज्यसंयन्त्रकै असफलताको प्रतीक मानिएको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाईमा भक्तजनको घुइँचो

वीरगञ्ज ६ असोज । नेपालको प्रमुख सांस्कृतिक पर्वमध्ये एक बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई...

सम्बन्धित खबर

- Advertisement -neelambads