वीरगंज, २१ साउन। वीरगंज भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच भारतीय सवारीसाधनहरूलाई दिने सुविधावारेमा विवाद सिर्जना भएको छ।
मधेस प्रदेश सरकारले प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई भारतीय पर्यटकहरूको आवगमनमा सहजता प्रदान गर्न निर्देशन जारी गरेपछि जिल्ला प्रशासन कार्यालय, पर्साले भारतीय सवारीसाधनहरू चार चक्के र दुर्ई चक्के भित्रिने प्रमुख नाका वीरगंज भन्सार कार्यालयमा नयाँ व्यवस्थाको पहल गरेको छ। नयाँ व्यवस्था अनुसार जिप्रकाले भारतीय सवारीसाधनहरू वीरगंज भन्सार कार्यालयको मुख्य सडक भएर आउन पाउने र आउने भारतीय सवारीसाधनहरूलाई भन्सारद्वारमैं सशस्त्र र जनपद प्रहरीले चेकजाँच गरेर स्टीकर टाँस्ने र त्यसरी टाँसिएको स्टीकरयुक्त सवारीसाधनहरूलाई जिल्लाका अन्य भागमा चेकजाँच गर्न नपाइने व्यवस्था लागू गर्न खोजेको हो।
तर वीरगंज भन्सार कार्यालयका प्रशासक दीपक लामिछानेले वीरगंज भन्सार कार्यालयमा हुँदै आएको परम्परागत शैली परिवर्तन गर्न नसकिने अडान राखेका छन्। उनले भारतीय सवारीसाधनहरू भन्सारमा दैनिक प्रवेश दर्ता र राजस्व तिरेर भित्रिने गरेकोमा सोहीअनुरूप हुनुपर्ने अडान राख्दै आएको एकजना व्यवसायीले बताए। भन्सारले गर्ने नियमित प्रक्रियाका कामहरू भन्सार बिन्दुमा हुने र त्यसपछिका स्थानमा सुरक्षाका अन्य निकायहरूले आफ्नो नियम लागू गर्नुपर्ने अडान राखेकाले अहिले भारतीय सवारीसाधनहरूको हकमा जिप्रकाले अघि सारेको नयाँ व्यवस्था लागू हुन सकेको छैन।
वीरगंज उद्योग वाणिज्य संघको पहलमा भारतीय सवारीसाधनहरूलाई नयाँ व्यवस्थापनमा ल्याउने प्रयास भएको बताइएको छ। वीउवासंघले यसवारेमा गृहकार्य गरी कार्ययोजना पनि तयार गरेको एकजना व्यवसायीले बताए। वीरगंज भन्सार कार्यालयमा अहिले नेपाली सवारीसाधनहरू पुरानो यार्ड भएर भित्रिने र बाहिरिने व्यवस्था छ भने भारतीय सवारीसाधनहरू मुख्य सडक भएर दर्ता, राजस्व तिरेर भित्रिने व्यवस्था छ।

Facebook Comments Box