वीरगंज, २३ साउन सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव आज प्रहरी हिरासतबाट छुटेका छन । उनी विरुद्ध साढे ११ करोड रुपैया“ ठगी आरोप लागेको थियो । आफु विरुद्ध ठगि आरोपमा प्रहरीमा उजुरी परेपछि महाप्रबन्धक श्रीवास्तव गत बुधवार प्रहरीको अनुसन्धानका लागि सहयोग गर्न आफै जिल्ला प्रहरी परिसर काठमाडौको कार्यालय भद्रकालीमा हाजिर भएका थिए । प्रहरीले थप अनुसन्धानका लागि तीन दिन म्याद थप गरेकोमा आज उनी हिरासत मुक्त भएका हुन् । उनले आफूलाई बदनाम गर्ने उद्देश्यले मात्रै उजुरी दिएकाले छुटेको बताए । आफू विरुद्ध उजुरी परेको जानकारी पाएपछि प्रहरीमा पुगेको र अनुसन्धानमा केही गल्ती गरेको नपाएपछि प्रहरीले छोडेको श्रीवास्तवले बताए । उजुरीकर्ताले यसअघि पनि सेयर खरिद बिक्री हुने गरेको भनेर जाहेरिमा उल्लेख गरेको भएपनि उनीहरुले आफुबाट कुनै पनि कारोबार नगरेको श्रीवास्तवको भनाइ छ । आफूलाई बदनाम गर्नका लागि मात्रै यस्तो गरिएको र जाहेरी दिनेहरु नै अहिले फरार रहेको उनले बताए । श्रीवास्तव विरुद्ध मिता मुररका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी दिएका थिए । तर उनीहरु आफ्नो ग्राहक नै नभएको श्रीवास्तवले बताए । ग्राहक कोर्ड नभएको र उनीहरुले यस अघि पनि आफनो संस्थाबाट कारोबार नगरेको श्रीवास्तवले बताए ।









