search

मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट एक हजार सात सय पशु मरे

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, २४ साउनः लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारवाट निको भएको बताएको छ ।
लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ । अभियानअन्र्तगत हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोपलगाइएको छ । मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञकेन्द्रमार्फत खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ । रासस
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads