राधेश्याम, वीरगंज, २४ साउन ।
चाल आवको आर्थिक वर्ष २०८२/०८३ को यही साउन १ गतेदेखि वीरगंज भन्सार मातहतमा वीरगंजको सिर्सिया सृुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएपछि भन्सारका कर्मचारीमा तालमेलको कमी भइरहेको देखिएको छ । भन्सारमा समान जाँचपासको काम गराउन जाने व्यवसायीहरुले दिएको जानकारी अनुसार भन्सार अधिकारी र भन्सार कर्मचारीमा तालमेल नमिलेको महसुस गरेको बताएका छन् । यसअघि दुबै भन्सार कार्यालय छुटाछुटै स्वामित्वमा चलेका थिए । तर ड्राईपोर्ट भन्सार वीरगंज भन्सारमा अन्तर्गत गएपछि यस्तो समस्या भइरहेको उनीहरुको आरोप छ । साथै,हरेक भन्सारको महाशाखामा एक एक महिनामा भन्सार प्रमुख र भन्सार अधिकृत,नायब सुब्बालगायत कर्मचारीको खटनपटन परिवर्तन भइरहेकोले पनि काम गराउन व्यवसायीलाई समस्या भइरहेको बताइएको छ ।
‘कुन कर्मचारी कतिबेला कहाँ काम गर्ने हो,व्यवसायी अलमलमा परिरहेका छन्,साथै,साउन १ देखि नयाँ व्यवस्था लागु भएपछि केही भन्सार प्रमुख नयाँ ठाउँमा काम गर्न असहज समेत मानिरहेका छन्,’एक जना भन्सार एजेन्टका प्रतिनिधिले भने,‘नयाँ नियमले कतिपय कर्मचारी नयाँ ठाउँमा समान्यजस्ता अपनाउन पनि असहज महसुस गरेका छन् ।’ यस्तो परिपाटीले व्यवसायीको काम प्रभावित भइरहेको उनीहरुको गुनासो छ । यस विषयमा वीरगंज भन्सारका भन्सार प्रशासक दिपक लामिछानेसंग कुराकानी गर्दा उनले आर्थिक वर्षको पहिलो महिनामा मालसमान आयात र छुटाउने काम अन्य महिनाको तुलनामा कम भएकोले भन्सारमा चहलपहल कम देखिएको हुन सक्ने तर कर्मचारीमो तालमेल कमी नरहेको दावी गरे । उनले वीरगंज भन्सार कार्याल मातहतमा आईसिपी,ड्राईपोर्ट र यात्रु (पुरानो भन्सार) गरी तीन वटा महाशाखा सञ्चालनमा रहेको बताए । उनले हाल रामप्रसाद पाठक,राजेन्द्र ढुङगाना र धनबहादुर बरुवाल गरी तीन जना भन्सार प्रमुख रहेकोले उनीहरु एक एक महिना एउटा महाशाखाको जिम्मेवारीमा काम गरिरहेको बताए । साथै, भन्सार अधिकृत पनि क्रम अनुसार तीन वटा महाशाखामा काम गर्ने भन्सारको तालिका अनुसार सेवा दिइएको बताए । नायब सुब्बाहरु १५ दिनमा एक महाशाखापछि अर्कोमा काम गर्ने कार्यतालिका अनुसार कर्मचारीको खटनपटन भइरहेको बताए । यसले भन्सारको कारोबार पारदर्शी र सेवा प्रवाह चुस्त दुरुस्त बनाउन लागिएको बताए । भन्सार कार्यालयमा हुने विकृति विसंगतिलाई न्यूनिकरण गर्न यस्तो रणनीतिमा काम गराएको समेत उनले स्पष्ट पारे । उनले व्यवसायीले कुनै कर्मचारीले दुख वा घुस मागेको गुनासो छ भने उनलाई सम्पर्क गर्न समेत उनले सुझाव दिएका छन् । कर्मचारी दोषि भेटिए कारवाही समेत गर्ने उनले चेतावनी दिए ।

पढ्न छुटाउनुभयो ?
Facebook Comments Box