search

वीरगंजमा ब्रहमकुमारीको आयोजनामा रक्षाबन्धन कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज,२४ साउन  । पवित्रता, दैवी मर्यादा, वैश्विक भ्रातृत्व, दिव्य आत्मिक प्रेम र सम्पूर्ण ईश्वरीय सुरक्षाको प्रतीकको रूपमा मनाइने रक्षाबन्धन एवम् संस्कार संशोधनको द्योतक पर्व,जनै पूर्णिमाको अवसरमा शनिबार वीरगंजमा रक्षाबन्धन कार्यक्रम आयोजना भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजको आयोजनामा वीरगंज–४ विर्तास्थित ओम् शान्ति भवनमा सम्पन्न रक्षाबन्धन कार्यक्रममको नेतृत्व ब्रह्माचारिणी ब्रह्माकुमारी रविना दिदीले गरेकी थिइन् । कार्यक्रमको प्रारम्भमा उपस्थित अतिथिहरूलाई ईश्वरीय रक्षासुत्र (राखी) अर्पण गर्दै पवित्रता, भ्रातृत्व र आत्मिक सुरक्षाको सन्देश दिइन् ।

राखी ग्रहण गर्नेहरूमा वीरगंजका गणेश लाठ, अशोक बैध, श्रवणबहादुर रायमाझी, अभिलाष गुप्ता, प्रदीप चौरसिया, प्रकाश थारु, डा. दीपक शाक्य, अमर क्याल, वरिष्ठ समाजसेवी मुर्लीधर रुङटा लगायतको उपस्थिति थियो। कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको तर्फ बाट गोकुल भाईजी, गोवर्धन भाईजी लगायतकाहरुको विशेष सहयोग रहेको थियोे। ब्रह्माकुमारी रविना दिदीले रक्षाबन्धनको वास्तविक महत्वबारे प्रकाश पार्दै यसलाई केवल दिदी–भाइको सम्बन्धमा सीमित नगरी, विश्वमै शान्ति, पवित्रता र भ्रातृत्वको सन्देश फैलाउने अवसरको रूपमा लिन आग्रह गरिन्। उनले जनै पूर्णिमाले दिने संस्कार संशोधनको प्रेरणासँगै, प्रत्येक व्यक्तिले आफ्नो विचार, व्यवहार र चरित्रमा पवित्रता स्थापना गर्नुपर्नेमा जोड दिइन्।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads