search

२१ कार्टुन कुखुराको चल्ला र मोटरसाइकल सहित युवक नियन्त्रण

पढ्न छुटाउनुभयो ?

धर्मेन्द्र चौरसिया,पोखरीया,२४ साउन  । सशस्त्र प्रहरी बल नेपाल पर्साले ठुलो परिमाणमा प्रतिबन्धित कुखुराको चल्ला सहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पर्सा धोविनि गाँउपालिका–१ घोडदौड पिपरा स्थित भारतबाट अबैध रुपमा बिआर २२ एजी ६२८४ नम्बरको मोटरसाइकलमा लोड रहेको प्रतिबन्धित २१ कार्टुन कुखुराको चल्ला र मोटरसाइकल सहित एक युवकलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल पर्साले पक्राउ गरेको कुखुराको चल्ला २१ कार्टुन २१०० गोटा प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला र मोटरसाईकलको मूल्य गरि रु.२,०५,०००।–बराबरको पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ गण हेक्वाका प्रबक्ता एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराले बताए। पक्राउ पर्नेमा जिल्ला पर्सा जगरनाथपुर गाँउपालिका–१ दशौता बस्ने ईशाहक मियाको छोरा वर्ष १८ को गुल्फान आलम मिया रहेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक पुजाराले बताए । पक्राउ परेका कुखुराको चल्ला नेपाल प्रहरी , स्थानीय, पत्रकार र क्वारेन्टाइनको रोहबरमा नष्ट गरेको र मिया सहित मोटरसाइकल भन्सार कार्यालय वीरगंजमा बुझाएको डिएसपी पुजाराले बताए।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads