search

तराई–मधेसको खानेपानी समाधान गर्न खानेपानी मन्त्री यादव प्रतिबद्ध

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ साउन । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । आइतवार बारा जिल्ला स्थित परवानीपुर र प्रसौनी गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिड्ढो आज स्थलगत अनुगमन पछि आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई– मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिड्ढो कार्य शुरू गरेको बताउनुभयो । मन्त्री यादवले हाल जडान गरिएका र जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिड्ढो पानीले खानेपानीको समस्याबाट प्रभावित नागरिकले तिर्खा मेटाउन सहज हुने र केही हद सम्म समस्या समाधान हुने विश्वास आफूले लिएको बताउनुभयो
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads