जनकपुरधाम २७ साउन । नेपाल पत्रकार महासंघ, मधेस प्रदेशको स्थायी कार्यालय भवन निर्माणका लागि तयारी भइरहेको जग्गामा मंगलबार केही वकिलहरूको समूहले जबरजस्ती अवरोध पुर्याएको छ। गुठी संस्थानसँग विधिवत रूपमा लिज सम्झौता गरिएको जग्गामा तारबार लगाउने काम भइरहेका बेला वकिलहरूले बल प्रयोग गरी काम रोक्न खोज्दा झडप भएको हो। यस घटनामा महासंघका अध्यक्ष श्याम बन्जारासहित आधा दर्जन पत्रकार घाइते भएका छन्।
महासंघका पदाधिकारीका अनुसार, धनुषा जिल्लाको जनकपुरधाममा रहेको गुठीको ४ कठ्ठा जग्गा महासंघलाई भवन निर्माणका लागि लिजमा दिइएको थियो। सोही जग्गामा तारबार लगाउन महासंघका पदाधिकारी र सदस्यहरू बिहानैदेखि उपस्थित थिए। अध्यक्ष बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिस खुदार लगायतको उपस्थितिमा तारबारको काम भइरहेको थियो।
यसै क्रममा, कुनै आधिकारिक आदेश वा कानुनी प्रक्रियाबिना नै वकिलहरूको एक समूहले काम रोक्न खोजेको महासंघले जनाएको छ। महासंघका पदाधिकारीले कानुनी प्रक्रिया पूरा गरी सम्झौताका कागजातसहित काम गरिरहेको बताउँदै वकिलहरूबाटै कानुनको उल्लङ्घन हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
झडपका क्रममा महासंघ प्रदेश अध्यक्ष बन्जारा, महिला उपाध्यक्ष झा, महासचिव महतोसहित आधा दर्जन पत्रकार घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
महासंघले वकिलहरूको यो कार्यलाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको हक–अधिकारमाथि प्रत्यक्ष आक्रमण भएको भन्दै निन्दा गरेको छ। घटनाबारे महासंघले स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ। यस कार्यको स्थानीय सञ्चारकर्मी र सामाजिक अगुवाहरूले समेत विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

Facebook Comments Box