पर्सा २८ साउन । नेकपा एमाले पकहाँ मैनपुर गाउँपालिका कमिटीको दोस्रो अधिवेशन आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा हामिद मियाँ निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत विनोद गिरीका अनुसार, उपाध्यक्षमा नवल पटेल, सचिवमा सन्तोष चौरसिया, उप–सचिवमा दिपु पाण्डे, महिला उप–सचिवमा ललिता देवीसहित ४९ सदस्यीय गाउँपालिका कमिटी निर्विरोध निर्वाचित भएको हो। त्यस्तै, लेखा समिति अध्यक्षमा रामबाबु चौरसिया र सचिवमा हृदयनारायण मेहता निर्विरोध चयन भएका छन्।
अधिवेशनमा उपस्थित पूर्व मन्त्री तथा सांसद राजकुमार गुप्ताले नव–निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै संगठन सुदृढीकरण, जनसेवा र विकासका लागि सक्रिय योगदान दिन शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नं. ३ का इन्चार्ज अरविन्द सिंह, मधेश प्रदेश कमिटीका उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, सदस्य एवं गाउँपालिका इन्चार्ज विजय चौरसिया, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, बिन्दबासिनी गाउँपालिका उपाध्यक्ष ज्योती चौरसिया लगायतको उपस्थिति रहेको थियो।