search

spot_img
spot_img

विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस् -प्रहरी निरीक्षक चौलागाई

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज २८ साउन । मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज र हेड गर्लको ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, विशिष्ट अतिथि नेशनल प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष सोनालाल पटेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश विभाग प्रमुख रामसुन्दर आर्या, गुनासो तथा व्यवस्थापन विभाग प्रदेश प्रमुख नरेन्द्र कुमार यादव, समाजसेवी कन्हैया केशरीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम मदरल्यान्ड स्कुलका संस्थापक एवं नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष नन्दन यादवको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी प्रमुख निरोज चौलागाईंले विद्यालयमा नेतृत्व र जिम्मेवारीको अभ्यास अत्यन्तै आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई अनुशासन, इमानदारी र परिश्रमका माध्यमबाट उदाहरणीय नेतृत्व प्रस्तुत गर्न आग्रह गरे। उनले भने, “कक्षा मनिटर, हेड ब्वाज र हेड गर्लको भूमिका केवल एक पद मात्र होइन, यो जिम्मेवारी र विश्वासको प्रतीक हो। यस अवसरलाई सदुपयोग गर्दै तपाईंहरू विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस्।”
उनले अझै भने कि विद्यार्थी जीवनमै नेतृत्व क्षमता विकास गर्न सक्ने अवसरहरूले भविष्यमा उनीहरूलाई समाजका सक्षम नागरिक बन्ने आधार तयार पार्छ।
कार्यक्रममा विभिन्न पदमा चयन भएका विद्यार्थीहरूलाई ब्याच वितरण गरियो। कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, विद्यार्थी अभिभावक तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads