search

spot_img
spot_img

पर्साबाट लुकाइएको अवस्थामा १९१ बोरा मल बरामद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ साउन ।

पर्सामा लुकाइएको अवस्थामा ठुलो परिमाणमा रासायनिक मल बरामद भएको छ । स्थानीय प्रशासनको संयुक्त अनुगमन टोलीले आज विहान १ बजे कुल १९१ बोरा मल बरामद भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाईमा गएको संयुक्त टोलीले सखुवाप्रसौनी गापा–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको अवस्थामा उक्त मल बरामद गरिएको हो ।

संयुक्त टोलीमा कृषि सामग्री कम्पनी, साल्ट्रटेडिङ कर्पाेरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार राति सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा सरकारी अनुदानको रासायनिक मल लुकाएको र बजारमूल्य भन्दा धेरैमा बिक्री गरेको गुनासोको आधारमा अनुगमन गर्दा दुई स्थानबाट सबै खालका मल गरेर एक सय ९१ बोरा मल बरामद भएको हो ।

सरकारी अनुदानको मल गलत ढंगले बिक्री वितरण गर्दै आइरहेको पूर्व सूचनाको अधारमा उक्त ठाउँमा छापा हानिको हो । टोलीले सखुवाप्रसौनी गाउँपालिका–३ कटैयाका ढाँडी अन्सारी भनिने युनिस अन्सारीको घरबाट सञ्चित अवस्थामा राखेको डिएपी २७ बोरा र पोटास २३ बोरा गरी कुल ५० बोरा मल बरामद गरेको हो भने सोही स्थानका अर्का साह महमद मलखाद भण्डारका सञ्चालक साह महमद अन्सारीले आफ्नो घरमा लुकाई राखेको १४१ बोरा रासायनिक मल गरी कुल १९१ बोरा मल बरामद भएको हो ।महम्दको घरबाट बरामद मलमा डिएपी ९ बोरा, पोटास १८ बोरा र सिंगल सुपर फस्फेट मल ११४ बोरा रहको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगंजको सुन पसलमा छापा, सुनचाँदी व्यवसायीद्वारा विरोध

वीरगंज २९ साउन । वीरगंज महानगरपालिका वडा नम्बर ६, माईस्थानस्थित दीपसन एण्ड सान्वी ज्वेलर्समा बिहीवार पर्सा प्रहरीले छापा मारेको...

सम्बन्धित खबर

- Advertisement -neelambads