search

spot_img
spot_img

वीरगंजको सुन पसलमा छापा, सुनचाँदी व्यवसायीद्वारा विरोध

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज २९ साउन । वीरगंज महानगरपालिका वडा नम्बर ६, माईस्थानस्थित दीपसन एण्ड सान्वी ज्वेलर्समा बिहीवार पर्सा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोली बिहीवार दिउँसो पसलमा छापामारी गरेपछि सुनचाँदी व्यवसायी तथा कालीगढहरूले विरोध जनाएका थिए । उनीहरूले प्रहरीविरूद्ध नाराबाजीसमेत गरेका थिए। प्रहरी टोलीले करिब तीन घण्टा पसल सञ्चालक दीपक सर्राफसँग सुनचाँदी खरिद–बिक्रीमा प्रयोग भएका बिलबिजकहरू मागेर अनुसन्धान गरेको छ । अनुसन्धानका क्रममा बिलबिजकहरूमा केही अनियमितता भेटिएपछि प्रहरीले आन्तरिक राजश्व कार्यालय वीरगंजका कर्मचारीहरूलाई बोलाएर बिलबिजकहरू जिम्मा लगाएको जनाएको छ। खरिद गरिएको सुनको मात्रा बिक्रीभन्दा बढी देखिएको र पसलमा सोही अनुसारको मौज्दात नरहेकोले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सरार्फले प्रहरीको यस्तो छापा गैरकानुनी भएको भन्दै आपत्ति जनाएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बिर्तामाई र कृष्ण मन्दिरमा सरसफाइ

वीरगंज २९ श्रावण । श्रीकृष्ण जन्माष्टमी एवं भिमसेन जात्राको अवसरमा वीरगंज युवा समाज, बिर्तामाइ मन्दिर संरक्षण समिति र सामुदायिक प्रहरी...

सम्बन्धित खबर

- Advertisement -neelambads