वीरगंज २९ श्रावण । श्रीकृष्ण जन्माष्टमी एवं भिमसेन जात्राको अवसरमा वीरगंज युवा समाज, बिर्तामाइ मन्दिर संरक्षण समिति र सामुदायिक प्रहरी बिर्ताले बिर्तामाइ र कृष्ण मन्दिरको सरसफाइ गरेको छ ।
वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न सरसफाइ कार्यक्रममा वडाअध्यक्ष एवं बिर्तामाइ मन्दिर समितिका अध्यक्ष जगत साह कानु, वडासदस्य जुलुम खडकी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, लायन्स क्लबका समाजसेवी उमेश शर्मालगायतले सरसफाइ गरेका थिए ।















