वीरगंज, ३० साउन । भारतीय महावाणिज्य दूतावास वीरगंजले शुक्रवार आफ्नो ७९औं स्वतन्त्रता दिवस धूमधामका साथ मनाएको छ ।
१५ अगस्टका दिन वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले विशेष कार्यक्रमको आयोजना गरी आफ्नो स्वतन्त्रता दिवस मनाएको हो ।
कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मिणाले राष्ट्रिय झन्डा फहराउँदै देशभक्ति र एकताको भावना झल्काउने सम्बोधन गरेका थिए । सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण गीत र नृत्यका माध्यमबाट स्वतन्त्रताको महत्व र राष्ट्रिय गौरवलाई उजागर गरिएको थियो ।
भारतको स्वतन्त्रता दिवसलाई वीरगंजमा रहेका भारतीय समुदायसँगै स्थानीयवासीहरूले पनि उतिकै उल्लासका साथ मनाएका थिए ।
महावाणिज्य दूतावासका अधिकारी, कर्मचारी, व्यापारी, विद्यार्थी तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागीता रहेको कार्यक्रममा भारत–नेपाल मैत्री सम्बन्ध झनै मजबुत बनाउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।