search

spot_img
spot_img

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित भएको छ ।
अष्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ आज भएको आफ्नो उद्घाटन खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो । नर्दन टेरिटोरीले जितको लागि दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३५ रनमा समेटियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । त्यसैगरी गुल्शन झाले २६ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए । नर्दन टेरिटोरीका लागि म्याट हामोन्डले तीन विकेट लिए भने टम एन्ड्रयुज र केन रिचार्डसनले समान दुई/दुई विकेट लिए । त्यस्तै हामिश मार्टिनले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नर्दन टेरिटोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७७ रनको योगफल बनाएको थियो । उसका लागि ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले ।
त्यसैगरी टम एन्ड्रयुजले अविजित ३२ रन जोडे भने जोर्डन सिल्कले १९ रन बनाए । कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ तथा जेक वेदराल्डले ११ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने शाहव आलमले दुई विकेट झारे । त्यस्तै गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।
नर्दन टेरिटोरीले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो । त्यस्तै गतवर्ष भने सेमिफाइनलसम्म पुगेको थियो । नेपालले अब भोलि बङ्गलादेश ‘ए’ टोलीसँग खेल्नेछ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रहरी हाकिम होइन, जनताको सेवक हो : प्रधानमन्त्री ओली

जनकपुरधाम, ३० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक...

सम्बन्धित खबर

- Advertisement -neelambads