search

खानेपानी मन्त्री यादवको निर्देशनमा डिप बोरिङ जडान गरि सन्चालन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ साउन । नेपाल सरकारको खानेपानी मन्त्री प्रदीप यादवको सक्रिय निर्देशन तथा पहलमा वीरगंज महानगरपालिका वडा नं. १६ अन्तर्गत नगवाको गणेश टोल (धर्मशाला नजिक) मा डिप बोरिङ जडान कार्य सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय बासिन्दाहरूको दीर्घकालीन खानेपानी समस्यालाई समाधान गर्ने उद्देश्यले सुरु गरिएको यो परियोजनाको सम्पन्नतापछि हिन्दू परम्परा र संस्कृतिअनुसार विधिवत पूजा–पाठ गरि जडान भएको डिप बोरिङ सन्चालनमा ल्याइएको मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहले बताए । आजबाट औपचारिक रूपमा टोलका घर–घरमा शुद्ध तथा स्वच्छ पानीको वितरण सुरु गरिएको छ । स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा बासिन्दाहरूको सहभागितामा सम्पन्न उद्घाटन कार्यक्रममा “एक घर, एक धारा — स्वच्छ पानी, स्वस्थ जीवनको आधार!” भन्ने मूल नारालाई सार्थक बनाउँदै पानी वितरण शुभारम्भ गरिएको हो । यस आयोजनाबाट सयौँ घरधुरी लाभान्वित हुने विश्वास गरिएको स्वकीय सचिव साहले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads