search

spot_img
spot_img

वीरगंज २१ मा सुविधायुक्त सडक अभाव यथावत

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज, १ भदौ ।
वीरगंज महानगरको शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा अधिकांश वडाहरुमा ढलान,कालोपत्रे चिल्ला र सुविधायुक्त सडक बनेको छ र बन्दै पनि छ ।

तर वीरगंज महानगर वडा नं २१ लिपनीविर्ताको मुख्य सडक नै आधाअधुरा छ । विगत लामो सयमदेखि परवानीपुर–पटेलनगर सडक विवादको कारण अधुरा हुदँँ लिपनीविर्ता र बाहिरको यात्रुहरुलाई समेत सास्ती भोग्नु परेको अवस्था छ । पुरानो वडा कार्यालयदेखि परवानीपुर पशु अस्प्ताल सम्म सडक नबन्दा सो सडक भएर यात्रा गर्दा लाग्छ,वीरगंजमा होइन,गा्रािमण भेगको कुनै गापामा यात्रा गर्दैछु ।

नागमणी उपाध्यायको घर नजिकै फुलेना महतो धानुकले नम्बरी जग्गामा सडक बनिरहेको भन्दै अदालतबाट निषेधाज्ञा लिदा र नारद कलवारको घर नजिकै लिपनीविर्ता गाविसका निवर्तमान गाविस अध्यक्ष सदनराउत कुर्मीले पनि निषेधाज्ञा ल्याउँदा काममा ढिलाई हुन गएको वडा अध्यक्ष राधाकृष्ण रौनियारले बताए ।

केही स्थानीयले निजि जग्गामा सडक बनिरहेको भन्दै अदालत गएकोले काम रोकेर दुख भोग्नु परेको उनले स्पष्ट पारे । यो काममा परवानीपुरका केही राजनीतिक दलले पनि आफुलाई सहयोग नगरेको बताएका छन् । जब की अन्य दलका नेतासंग कुरा गर्दा वडा अध्यक्षले अरुलाई मान्छे नै गन्न छोडेपछि विवाद सृजना भइरहेको बताएका छन् । अव अदालतबाट टुगो नलागे सम्म नागमणी उपाध्यायको घर नजिकको सडकको काम अघि नबढने बताउँदे पुरानो वडा कार्यालय नजिकको काम चाडै शुरु हुने उनले बताएका छन् ।

त्यसैगरी,२१ वडा कै ताजपुर टोलमा सडकमै पानी जमेर जनतालाई दुखकष्ट भइरहेको ताजपुरका जनताले गुनासो गरेका छन् । मदन हजराको घरदेखि सुखल यादवको घर सम्म सडक मरम्त वा निर्माण नहुदाँ खाल्डो भएर बाटो हिलम्मे भएको ताजपुरका मनोज साह बताउँछन् ।

उनले वडा अध्यक्ष रौनियारलाई पटकपटक सडक बनाउन भन्दा समेत चासो नदिएको उनले बताए । यसैविषयमा वडा अध्यक्षले उक्त ठाउँमा बजेट बिनियोजन गरी सडक निर्माणको काम चाडै थाल्ने बताए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

राधेश्याम पटेल, वीरगंज, १ भदौ । बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका...

सम्बन्धित खबर

- Advertisement -neelambads