रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना बाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ ।
रौतहट जिल्लास्थित शिवनगरमा आइतवार राष्ट्रिय नागरिक संघर्ष समितिले आयोजना गरेको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता चन्दले काण्डै–काण्डले भरिएको वर्तमान व्यवस्थाले मुलुकको समृद्धि र राष्ट्रिय अखण्डतामा बाधक भएको पुष्टि भइसकेकोले अब हिन्दु अधिराज्य र राजसंस्थासहितको संविधान २०४७ पुनरस्थापनाको विकल्प नभएको बताउनुभयो । उहाँले संघर्ष समितिको तत्कालीन तथा दीर्घकालीन रणनीतिबारे प्रष्ट पार्दै व्यवस्था परिवर्तनपछि दिगो विकासका लागि नेता खोज्ने होइन, आफैं नेता बन्नुपर्ने धारणा राख्नुभयो । प्रशिक्षणमा सहभागीहरुलाई उहाँले वडा स्तरदेखि नै ‘नेपाली मन र नेपालीपन’ भएको २१ सदस्यीय समूह निर्माण गरी, हाम्रा होइन राम्रा व्यक्तिहरूलाई अगाडि ल्याउनुपर्ने बताउनुभयो । सम्बोधनका क्रममा प्रवक्ता चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको मुद्दा बोके पनि आन्दोलन किन र कसरी तुहियो भन्ने कुरा अब जगजाहेर भइसकेको बताउनुभयो । उहाँले राप्रपाको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणाको औचित्यमाथि समेत प्रश्न खडा गर्नुभयो । उहाँले २०४७ सालको संविधानबाहेक अर्को विकल्प नभएको भन्दै राजा र तत्कालिक दलहरूबीच भएको ५ बुंदे समझदारीलाई आधार बनाएर मात्र नागरिक विद्रोहको जगमा हिन्दू अधिराज्य नेपालको संविधान पुनः जारी हुनुपर्छ भन्नुभयो । संघर्ष समितिका रौतहट जिल्ला अध्यक्ष तेज नारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी डा. नन्द किशोर झाले राजाको पालामा भएको विकास नै राष्ट्रको उन्नति थियो र २०४७ सालको संविधानले मात्र मुलुकलाई जोगाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश नरहे नागरिकको अस्तित्व नै समाप्त हुने चेतावनी दिँदै हिन्दू अधिराज्य कायम गरी राष्ट्रलाई बचाउन सम्पूर्ण नागरिकलाई एकताबद्ध हुन आव्हान गर्नुभयो । त्यसैगरी प्रशिक्षक संघर्ष समितिका केन्द्रीय सदस्य डा. राजीव झाले १७ हजार नेपालीलाई मारेर बन्दुकको दबाब र विदेशी शक्तिको प्रभावमा जनभावना विपरीत लादिएको व्यवस्थाले मुलुकलाई बिकृति र काण्डको दलदलमा धकेलेको आरोप लगाउनुभयो । उहाँले आयातित २०७२ सालको संविधानलाई अवैध र विवादित ठहर गर्दै मुलुक विखण्डनको संघारमा पुगेको चेतावनी पनि दिनुभयो । देश बचाउने जिम्मेवारी सम्पूर्ण राष्ट्रवादी जनताको काँधमा आएको भन्दै उहाँले सबैलाई एकताबद्ध भई नागरिक विद्रोहमा सहभागी हुन आव्हान गर्नुभयो । प्रशिक्षण कार्यक्रममा संघर्ष समितिका केन्द्रीय सदस्यहरु दीक्षा राणा शाह, त्रीपेश विक्रम शाह लगायत रौतहट जिल्लाका पालिकाहरुबाट उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook Comments Box