search

spot_img
spot_img

प्रसौनी – ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज २ भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा आइतबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, साउन २८ गते बुधवार शिक्षक नागेश्वर कुमार यादवलाई आफ्नै वडा कार्यालयमा करिब आठ जनाको समूहले मदिरा सेवनपछि कुटपिट गरेको घटनामा संलग्न रहेकाले कुशवाहा पक्राउ परेका हुन् ।
बारा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार, उजुरीको आधारमा पक्राउ गरिएका कुशवाहामाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी छ ।
यसअघि पनि कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीन वटा फरक मुद्दामा बारा जिल्ला अदालतले सजायको फैसला गरिसकेको थियो । अदालतले चेक अनादर मुद्दामा ३ हजार रुपैयाँ, कुटपिटमा २ हजार रुपैयाँ र आपराधिक लाभमा १ हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए ।
लामो समयदेखि फरार रहेका कुशवाहा यसअघि जेठ ११ गते मात्रै पक्राउ परेका थिए । हाल उनलाई पुनः पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads