search

spot_img
spot_img

चक्कु प्रहार गरी युवकको हत्या, एकजना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

रौतहट, ४ भदौ । रौतहट जिल्लाको गौर नगरपालिका ५ मा बुधवार दिउँसो एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ। बरहवा तालस्थित झुलुङ्गे पुल नजिक करिब १८ वर्षीय युवकलाई पेट र छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । घटनामा संलग्न भएको आरोपमा गौर नगरपालिका ३ का १९ वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ। चक्कु प्रहार गरेर भाग्दै गरेको अवस्थामा रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी राजन कार्कीले जानकारी दिए । प्रहरीका अनुसार रामलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ । हत्याको कारण खुलेको छैन।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नारायणी स्टील्समा करेन्ट लागेर मजदुरको मृत्यु

बारा, ४ भदौ । वीरगंज महानगरपालिका ३२ चोर्नीस्थित नारायणी स्टील्स् उद्योगमा मंगलवार राति करेन्ट लागेर एक मजदुरको मृत्यु भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads