प्रदिप गिरीको स्मृति अहिले पनि जनजनमा छ–गगन थापा

वीरगंज, ७ भदौ/ नेपाली काङग्रेसका नेता स्वर्गीय प्रदिप गिरी अहिले पनि सम्पूर्ण नेपालीको मन र मुटुमा रहेको वक्ताहरूले बताएका छन् । नेपाली काङग्रेसका महामन्त्री गगन थापाले वीरगंजमा आयोजित उनको श्रद्धाञ्जलि समारोहको सत्रमा बोल्दै यस्तो बताएका हुन् । प्रदिप गिरी इन्स्ट्च्यिुट काठमाडौंको आयोजनामा वीरगंज उद्योगा वाणिज्य संघका सभाहलमा प्रदिप गिरीको सम्झानामा आयोजना भएको बहस कार्यक्रममा महामन्त्री […]
वीरगंज कपडा बैंकको सातौ स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

वीरगंज, ७ भदौ । वीरगंज कपडा बैंकले सातौं स्थापना दिवसको अवसरमा शनिवार साँझ दिप प्रज्वलन गरेको छ । वीरगंज–८ स्थित कपडा बैंकको कार्यालय स्थापना गरेको छैठौ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा दिप प्रज्वलन गरि बधाई शुभकामना साटासाट गरेको हो । वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षता एवं बैंकका वरिष्ठ सल्लाहकार अधिवक्ता […]
हैजा नियन्त्रणका लागि महानगर प्रमुख सिंह सक्रिय

वीरगंज, ७ भदौ । वीरगंजमा फैलिएको हैजाको प्रकोप रोकथाम र नियन्त्रणका लागि महानगरपालिका तिब्र गतिमा काम गरिरहेको छ। यस अभियानलाई प्रभावकारी बनाउन महानगर प्रमुख राजेशमान सिंह आफैं अग्रसर भई प्रत्यक्षरूपमा अस्पतालमै पुगेर बिरामीहरूको अवस्था बुझ्नुका साथै जनशक्ति परिचालनको कामलाई पनि आफैं निरन्तर मनिटरिङ गरिरहेका छन्। शनिबार साँझ उहाँ वीरगंज हेल्थकेयर अस्पताल पुग्नु भएको छ । […]
पर्साका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

काठमाडौँ, ७ भदौ: पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपनी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ । टोलीले पानी परीक्षण र जनचेतनामूलक […]
हैजा र झाडापखाला नियन्त्रणका लागि विभिन्न निर्णय

वीरगंज, ७ भदौ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा शनिवार सम्पन्न जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले झाडापखाला तथा हैजा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । झाडा पखाला कोलेरा रोकथामको लागि बैठकमा सहभागी सरोकारवालाहरूको समन्वयमा व्यापक रूपमा जनचेतनामूलक घरदैलो कार्यक्रम शुरू गर्ने बैठकले निर्णय […]
हैजा नियन्त्रणमा संवेदनशील छौं–खानेपानीमन्त्री यादव

वीरगंज, ७ भदौ । खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगञ्जका विभिन्न अस्पतालमा पुग्नु भएको छ । आज वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेसँगै यहाँको नारायणी अस्पताल, तराई हॉस्पिटल, वीरगञ्ज हेल्थ केयर लगायतका विभिन्न अस्पतालहरुमा उपचाररत हैजाका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ, तथा ढल व्यवस्थापनको वास्तविक अवस्थाका […]
शिक्षा सम्बन्धी विधेयकको विरोधमा भदौ ९ गतेदेखि आन्दोलन सशक्त बनाउने चेतावनी

वीरगंज, ७ भदौ । सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकविरूद्ध वीरगंजका निजी विद्यालय सञ्चालकहरूले शुक्रवार स्कुल बसहरूमा कालो झन्डा राखेर विरोध प्रदर्शन गरेका छन् । विरोधका क्रममा उनीहरूले माग पूरा नभए आगामी भदौ ९ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आव्हानमा गण्डकचोकबाट शुरू भएको विरोध […]
हैजा संक्रमितको अवस्थामा बुझ्न नगरप्रमुख सिंह अस्पतालमा

वीरगंज, ७ भदौ । वीरगंजमा हैजाको संक्रमण समुदायमा फैलिएपछि महानगर प्रमुख आदरणीय दाई राजेशमान सिंह नारायणी अस्पताल पुगेका छन् । उनले हैजाका बिरामीहरूसँग प्रत्यक्ष भेटेर मनोबल बढाएका छन् । अस्पतालका मेशु र चिकित्सकहरूसँग समन्वय गर्दै तत्काल आवश्यक कदम चाल्न र थप बेड र उपचारका सुविधाहरू उपलब्ध गराउन निर्देशन दिएका छन् । हैजाजस्तो चुनौतीपूर्ण महामारी रोकथाम […]
हैजा नियन्त्रण गर्न मुख्यमन्त्री सिंहको निर्देशन

वीरगंज, ७ भदौ । मलेसिया भ्रमणमा रहनुभएका मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिश कुमार सिंहले पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमणपछि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने निर्देशन दिनुभएको छ। संक्रमण नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालय तथा स्थानीय स्वास्थ्य कार्यालयहरूलाई सक्रिय रूपमा काम गर्न उहाँले आग्रह गर्नुभएको छ। साथै वीरगंजस्थित नारायणी अस्पतालसहित अन्य सबै […]
वीरगंजमा हैजा नियन्त्रण गर्न मधेस प्रदेश सरकारको निर्देशन

वीरगंज, ७ भदौ । पर्साको वीरगंजमा हैजाको संक्रमण देखिएपछि मधेश प्रदेश सरकारले उपचार तथा संक्रमण नियन्त्रणका लागि हरसम्भव उपाय अवलम्बन गर्ने तयारी गरेको छ। यसका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको छ। कार्यवाहक मुख्यमन्त्री माननीय सरोजकुमार यादवज्यूले संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउने र थप फैलिन नदिने उद्देश्यले स्वास्थ्य तथा […]