search

spot_img
spot_img

भ्रष्टाचारी ठहर भएका सर्लाहीका कांग्रेस सभापति सिंहले दिए राजीनामा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

सर्लाही,६भदौंः भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका सर्लाही जिल्लाका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् ।
कांग्रेस जिल्ला सभापति सिंहले पार्टी केन्द्रीय सभपाति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

आफूमाथि दायर भएको भ्रष्टचारको मुद्दामा अदालतले दिएको आदेशलाई स्वीकार गर्दै सभापति पदबाट राजीनामा दिएको सिंहले उल्लेख गरेका छन् । उनले आफूमाथि अन्याय भएको र यसका लागि कानुनी लडाइँ जारी राख्ने पनि जनाएका छन् ।

सिंहलाई विशेष अदालतले तत्कालीन मनुस्मारा सिंचाइ आयोजनाको जल उपभोक्ता समिति अध्यक्ष रहँदा सिंहले भ्रष्टाचार मुद्दामा केही समयअघि दोषी ठहर गरेको थियो । विशेषको फैसला सदर गर्दै सर्वोच्च अदालतले समेत उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख रकम बिगो भराउने फैसला गरेको थियो ।सर्वोच्चको फैसलापछि पनि सिंहले सभापतिको रुपमा काम गर्दै आएका थिए ।

अदालतले भ्रष्टाचारी ठहर गरे पनि जिल्ला सभापति सिंहले राजीनामा नदिएको भन्दै इतरपक्षका नेताहरु केन्द्रीय पार्टी कार्यालय सानेपामा पुगेर धर्नामा बसेका थिए । केन्द्रको दबाब र जिल्लाकै पार्टीका नेताहरुले समेत बारम्बार राजीनामा माग गर्न नछाडेपछि सिंहले पार्टी सभापति देउवालाई भेटेरै राजीनामा बुझाएका हुन् ।पार्टीभित्र देउवा पक्षका सिंहले सभापति पदबाट राजीनामा दिएपनि कार्यवाहक जिल्ला सभापति तोक्न भने बाँकी छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा र झाडापखाला नियन्त्रणका लागि विभिन्न निर्णय

वीरगंज, ७ भदौ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा...

सम्बन्धित खबर

- Advertisement -neelambads