search

हैजा नियन्त्रण गर्न मुख्यमन्त्री सिंहको निर्देशन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ भदौ । मलेसिया भ्रमणमा रहनुभएका मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिश कुमार सिंहले पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमणपछि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने निर्देशन दिनुभएको छ। संक्रमण नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालय तथा स्थानीय स्वास्थ्य कार्यालयहरूलाई सक्रिय रूपमा काम गर्न उहाँले आग्रह गर्नुभएको छ। साथै वीरगंजस्थित नारायणी अस्पतालसहित अन्य सबै अस्पताललाई संक्रमित बिरामीको उपचारमा सक्रिय रहन निर्देशन दिनुभएको छ। मुख्यमन्त्रीले संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउन र थप फैलिन नदिन स्वास्थ्य तथा प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई पनि परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाइ निर्देशन दिनुभएको छ । उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत श्री सन्तोषकुमार ठाकुरलाई विशेष जिम्मेवारीसहित वीरगंज पठाइएको प्रदेश सरकारले जनाएको छ।
Facebook Comments Box

ताजा खबर

साढे ९ लाखको औषधिसहित पासवान पक्राउ

वीरगंज, २३ कात्तिक । सशस्त्र प्रहरीले तस्करीको औषधिसहित एकजनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी...

सम्बन्धित खबर

- Advertisement -neelambads