वीरगञ्ज नाकाबाट ६८ अर्ब बराबरका वस्तु आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोड रुपैयाँ बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा ६० अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु […]
सखुवाप्रसौनीका कृषकहरूले पाए मल

वीरगञ्ज ७ भदौ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् । गाउँपालिका अध्यक्ष जसवन्त यादवको सक्रिय हस्तक्षेप र विवाद समाधानपछि आजदेखि ३०५ बोरा डीएपी र २४३ बोरा युरिया वितरण सुरु भएको छ । मल वितरणले स्थानीय किसानहरूमा खुसीको लहर छाएको छ । यसअघि, गाउँपालिका […]
हैजाबाट कसरी जोगिने ?

हैजा जीवाणु (ब्याक्टेरिया) मार्फत हुने एक किसिमको सङ्क्रमण हो । यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ । हैजा रोगको सजिलै उपचार हुन्छ । तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई “गरिबीको रोग” भनी व्याख्या गरेको छ । यसले सफा पानी […]
भ्रष्टाचारी ठहर भएका सर्लाहीका कांग्रेस सभापति सिंहले दिए राजीनामा

सर्लाही,६भदौंः भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका सर्लाही जिल्लाका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । कांग्रेस जिल्ला सभापति सिंहले पार्टी केन्द्रीय सभपाति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि दायर भएको भ्रष्टचारको मुद्दामा अदालतले दिएको आदेशलाई स्वीकार गर्दै सभापति पदबाट राजीनामा दिएको सिंहले उल्लेख गरेका छन् । उनले आफूमाथि अन्याय भएको र यसका लागि […]
बारा क्रिकेट संघ र एनआई कलेजबीच सम्झौता

वीरगंज, ७ भदौ । नेशनल इन्फोटेक कलेजले बारा जिल्ला क्रिकेट संघलाई प्रायोजन गरेको छ । शुक्रवार गण्डकस्थित क्लर्क रिसोर्टमा एक समारोहबीच प्रायोजन सम्झौता भएको हो । सम्झौतामा नेशनल इनफोटेक कलेजका निर्देशक मनिष सिंह र बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार कलेजले बारा जिल्ला क्रिकेट संघलाई आवश्यक जर्सी, खेल सामाग्री […]
झाडापखालाका कारण दुईजनाको मृत्यु, शैक्षिक संस्था दुई दिन बन्द, चाट–पुचका, चटपटे बिक्रीमा प्रतिबन्ध

वीरगंज, ७ भदौ । पर्सामा झाडापखालाका कारण दुईजनाको मृत्यु भएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ शिवबर्वाका एकजना महिला र वीरगंज महानगरपालिका–१२ मुर्लीका एकजना पुरुषको झाडापखालाबाट मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्। त्यसैगरी वीरगंजमा फैलिएको हैजाका कारण दुई दर्जनभन्दा बढी सिकिस्त बिरामी परेका छन् भने दुई सयभन्दा बढीमा झाडापखालाको संक्रमण फैलिएको छ । उनीहरुको वीरगंजका […]
गोविन्दा र सुनिताबिच सम्बन्ध विच्छेद भएकै हो र ?

वीरगञ्ज ७, भदौ । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाबीचको ३८ वर्षको वैवाहिक सम्बन्ध अन्त्य हुन लागेको खबर बाहिर आएको छ । सुनिताले मुम्बईको बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । गोविन्दा या उनकी श्रीमती सुनिताबाट अहिलेसम्म यसबारे कुनै आधिकारिक बयान आएको छैन । न त […]
प्राविधिक शिक्षा र व्यावसायिक तालिम विस्तारका लागि दलहरू एकै मञ्चमा

संखुवासभा, ७ भदौ/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको समृद्धि र दिगो विकासका लागि प्राविधिक शिक्षा र सीप विकासलाई अपरिहार्य ठहर गर्दै यसलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। ‘संखुवासभा जिल्लामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको आवश्यकता र औचित्य’ विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मन्त्री खड्काले आजको युगमा केवल प्रमाणपत्रले […]
वीरगंज-१२, ११, १३ र १६ वडामा हैजा फैलियो

वीरगंज, ७ भदौ । वीरगंजमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि महानगरपालिका तिव्र रूपमा नियन्त्रण र रोकथाममा जुटेको छ। शुक्रबार राति मुर्ली टोल (वडा नं. १२) का बासिन्दामा संक्रमण देखिएपछि रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो। शनिबारसम्म आइपुग्दा हैजा वडा नं. ११, १३ र १६ सम्म फैलिएको पुष्टि भएको छ। यसबीच शनिबार महानगरले यहाँ […]