search

वीरगंज युवा समाजले वृद्धाश्रममा दर खुवाएर तीज मनायो

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ भदौ । वीरगंज युवा समाजले तीजको अवसरमा बारा जिल्लाको पथलैयास्थित ज्येष्ठ नागरिक सम्मान वृद्धाश्रम नेपालका वृद्धवृद्धाहरुसँग तीज पर्व मनाएको छ ।
बुबाको मुख हेर्ने दिन र तीज पर्वको अवसर पारेर समाजका पदाधिकारीहरु आइतवार वृद्धाश्रम पुगेर ८ जना आश्रित वृद्धवृद्धाहरुलाई दर खुवाएको हो ।
दरको रूपमा फलफुल, मिठाइ, दहि, चिसो पेय पदार्थ र एक छाक खाना खुवाइनुका साथै साडी, सर्ट, टिसर्ट र केही नगद उपहार दिएर वीरगंज युवा समाजले असहाय ज्येष्ठ नागरिकहरूलाई खुशी प्रदान गरेका थिए र समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्यहरू सुशील श्रेष्ठ, लालबाबु सिंह, निरज श्रेष्ठ, काजल कोईराला, पुष्पराज कोइराला , रोजी प्रधान, बिनोद धिमाल, मनोज गुप्ता, जगत गुप्ता, कमलेश सराफ, बिक्रान्त खनाललगायतको सहभागीता थियो ।
Facebook Comments Box

ताजा खबर

सीमा सुरक्षा गस्तीको क्रम कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक। सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। बुधवार १२ः३० बजेको समयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads