search

रास्वपा पर्सा क्षेत्र नं ४ को भेला सम्पन्न, क्षेत्रीय/गापा सभापतिमा जितेन्द्र मिश्र/माधव बस्नेत

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ भदौ । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं ४ को क्षेत्रीय भेला सम्पन्न भएको छ ।
ठोरी गाउँपालिकामा सम्पन्न भेलाले जितेन्द्र मिश्रको नेतृत्व क्षेत्रीय समिति पुर्नगठन गरेको रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवले जानकारी गराएका छन् ।
रास्वपा पर्सा क्षेत्र नं. ४ को सभापतिमा पुनः जितेन्द्र मिश्र निर्विरोध निर्वाचित भएका छन् । पुर्नगठित समितिको उपसभापतिमा प्रवेज अहमद, सचिवमा सुमन परियार, सदस्यहरूमा बिकि यादव, दिपेन्द्र दास तŒवा, अमलेस प्रजापति सर्वसहमत चयन भएका हुन् ।
जिल्ला सभापति हरि पन्तको सभापतित्व र केन्द्रिय सदस्य डा. यादवको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला उपसभापति तुलसी पौडेल, पूर्व जिल्ला संयोजक दिलिप कुर्मी, क्षेत्रीय सभापति मनोज कुर्मी, राम आर्य, रास्वपा नेता शम्भु कडेल, शम्भु राय माझी, क्षेत्र अन्तर्गतका गाउँँपालिका सभापति, वडा समितिका सभापतिहरू लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी शनिवार नै रास्वपाको ठोरी गाउँपालिकाको समिति पनि पुर्नगठन भएको छ । माधव बस्नेतको नेतृत्वमा ठोरी गाउँपालिका समिति पुर्नगठन भएको केन्द्रिय सदस्य डा. यादवले बताए । रास्वपा ठोरी गाउँपालिकाको सभापतिमा पुनः बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
Facebook Comments Box

ताजा खबर

न्युयोर्कमा ऐतिहासिक विजय : वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित, डेमोक्रेटहरूको मनोबल उकासियो

न्युयोर्क, १९ कात्तिक (रासस/एएफपी) : अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले...

सम्बन्धित खबर

- Advertisement -neelambads