search

spot_img
spot_img

मोटरसाइकल चालकको मृत्यु, टायर बालेर प्रदर्शन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बारा,९ भदौ। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ सिसहनिया चाेकमा आइतबार राति भएको माेटरसाइकल र टाटासुमाे ठाेक्किदा गम्भीर घाइते भएका माेटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराटपुरका ३४ वर्षीय उपेन्द्र राउत कुर्मी रहेका छन्। वीरगन्जबाट कलैयातर्फ जाँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमोले कलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ५९ प ४०५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक कुर्मीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।कुर्मीकाे एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टाटासुमोका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।मृतकको शव अस्पतालमै राखिएको छ। यसैबीच आक्रोशित मृतकका आफन्त र स्थानीयवासीले बैराटपुर चाेकमा साेमबार बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन्।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

७८ जनामा आरडिटी पोजेटिभ भेटियो

राधेश्याम पटेल वीरगंज ८ भदौ । वीरगंज महानगरपालिकामा आइतवारसम्म १३४ जनामा झाडापखालाका रोगीहरुले वीरगंजका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्...

सम्बन्धित खबर

- Advertisement -neelambads