search

spot_img
spot_img

सशस्त्र प्रहरी पर्साद्वारा ३० लाख मूल्य बराबरको सामान र सवारी साधन भन्सार दाखिला

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ भदौ । सशस्त्र प्रहरी बल पर्साले रू. २९ लाख ८७ हजार ७६५ मूल्य बराबरको सवारी साधन सहित सामानहरू कारबाहीको लागि वीरगंज भन्सार दाखिला गरेको जनाएको छ ।

भदौ ७ गते सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको टोलीले बीरगंज–११ पावरहाउस चोकबाट भारतबाट अबैध रूपमा भन्सार छली नेपालतर्फ टेम्पो र ई–लोडरमा लोड गरी ल्याउदै गरेको रू. ७ लाख ४४,००० बराबरको चकलेट नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले चकलेटसहित टेम्पो र ई–लोडरको  रू. १३ लाख मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागी आज वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको जनाएको छ ।

त्यसैगरी ३६,४४०।–बराबरको किराना सामान र सो कार्यमा प्रयोग गरिएको मोटरसाइकलको रू १ लाख मुल्याङ्कन गरी गुल्मले आवश्यक कारवाहिको लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

  भदौ ८ गते सशस्त्र प्रहरी बल, नेपाल प्र.सि.सु. गुल्म अलौबाट खटिएको टोलीले वीरगंज महानगरपालिका –१९ विन्दवासिनी चौकबाट अबैध रूपमा भन्सार छली नेपालतर्फ मोटरसाइकलमा लोड गरी ल्याउदै गरेको रू. ३ लाख ७४,२०५ बराबरको कपडा, किराना तथा मोटरसाइकलको रू.१ लाख ५० हजार मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

साथै सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्सा मातहत प्रस्ताबित सीमा सुरक्षा गुल्म सुवर्णपुर, भिखम्पुर, बि.ओ.पि. अमरपट्टी,पीडारीगुठि कार्यालयहरूबाट भन्सार मुल्य रू २ लाख ८३,१२० बराबरको पशुचौपाया तथा बिभिन्न सामानहरू आवश्यक कारवाहीको लागी  वीरगंज भन्सार कार्यालयमा बुझाएको तथा लिलामी प्रकृयामा रहेको छ सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी गराएका छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि वीरगंजका निजी अस्पतालहरू बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने

वीरगंज, ९ भदौ । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक...

सम्बन्धित खबर

- Advertisement -neelambads