search

spot_img
spot_img

वडाध्यक्ष कुशवाहालाई माओवादी केन्द्रले छ महीना निलम्बन गर्यो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बारा, १० भदौं । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई नेकपा माओवादी केन्द्रले ६ महिनाका लागि निलम्बन गरेको छ।
शिक्षकलाई वडा कार्यालयमा कुटपिट गरेको घटनामा संलग्न रहेको भन्दै माओवादी केन्द्रले अराजक गतिविधि र पार्टी अनुशासन उलंघनको आरोपमा उनलाई निलम्बित गरेको हो । माओवादी केन्द्रका मधेस इन्चार्ज मातृका यादवले कुशवाहाको पार्टी सदस्यता खारेज गर्न र जिम्मेवारीबाट हटाउन माओवादीको प्रसौनी गाउँँ समितिले भदौ ५ गते र बारा जिल्ला समन्वय समितिले भदौ ७ गते प्रदेश समितिलाई पत्र लेखेको थियो।
जिल्ला समिति बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले विभिन्न पाँच कारण देखाउँदै कुशवाहालाई पार्टी सदस्यता खारेज गर्न माग गरेका थिए । कुशवाहाको सदस्यता खारेज गर्न र सम्पूर्ण जिम्मेवारीबाट हटाउन पत्राचार गरेपनि प्रदेश कमिटीले भने ६ महिनाका लागि मात्रै पार्टी सदस्यबाट निलम्बन गरेको हो। कुशवाहा माओवादीको पूर्व जिल्ला सदस्य हुन् भने माओवादी केन्द्रबाट २०७९ सालमा निर्वाचित वडाध्यक्ष हुन। कुशवाहासहित ८ जनाले पर्साको बहुदरमाई घर भई हाल बाराको प्रसौनी ६ बेलहीयामा बस्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेको आरोप छ । मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियोसमेत माओवादीले फेला पारेको छ । शिक्षक यादवले दिएको जाहेरीका आधारमा बारा प्रहरीले वडाध्यक्ष कुशवाहालाई भदौ २ गते नियन्त्रणमा लिएको थियो। प्रहरीले कुशवाहालाई अमानवीय व्यवहारको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

तीनवटै ल्याब परीक्षणमा हैजा संक्रमण फैलिएको पुष्टि

वीरगंज,१० भदौं । जनकपुर र काठमाडौंको प्रयोगशालामा गरिएको कल्चर टेष्ट अनुसार वीरगजमा हैजा संक्रमण फैलिएको पुष्टि भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads