search

spot_img
spot_img

तीनवटै ल्याब परीक्षणमा हैजा संक्रमण फैलिएको पुष्टि

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,१० भदौं । जनकपुर र काठमाडौंको प्रयोगशालामा गरिएको कल्चर टेष्ट अनुसार वीरगजमा हैजा संक्रमण फैलिएको पुष्टि भएको छ । शनिवार मधेस प्रदेशको प्रादेशीक स्वास्थ्य निर्देशानलयको टोलीले कल्चर टेष्टका लागि नारायणी अस्पताल र तराई हस्पिटलमा उपचाररत ३२ जना बिरामीको दिसाको नमूना सङ्कलन गरेको थियो । २२ वटा नमूना जनकपुरस्थित प्रादेशीक जस्वास्थ्य प्रयोगशालामा र बाँकी १० वटा नमूना काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । दुवै प्रयोगशलामा गरिएको कल्चर टेष्टमा पनि हैजाको संक्रमण पुष्टि भएको हो । जनकपुरको प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा गरिएको कल्चर टेष्टमा १२ वटा नमूनामा हैजाको जीवाणु भिब्रियो कोलेरा भेटिएको प्रयोगशालाका मेडिकल ल्याब टेक्निोलोजिस्ट रामेश्वर दासले जानकारी दिए । १० वटा नमूनाको कल्चर टेष्ट भने प्रकृयामै रहेको र त्यसको रिपोर्ट बुधवार आउन उनले बताए । यस्तै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कल्चर टेष्टमा पनि ८ वटा नमूनामा हैजाको संक्रमण पुष्टि भएको छ । ८ वटा नमुनाको कल्चर टटेष्टमा हैजाको जीवाणु भिब्रियो कोलेरा भेटिएको प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टले जानकारी दिए । बाँकी २ वटा नुमनाको कल्चर रिपोर्ट भने बुधवार आउने उनले बताए । यसअघि वीरगंजमा स्वास्थ्य कार्यालय र वीरगंज महानगरपालिकाले कीटबाट गरेको परीक्षणमा हैजाको पुष्टि भइसकेको भएपनि कल्चर टेष्टका लागि पठाइएका बिरामीका दिसाको नमुना परीक्षणमा पनि हैजाकै जीवाणु भेटिएको रिपोर्ट मंगलवार साँझ आएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पनि जानकारी दिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वडाध्यक्ष कुशवाहालाई माओवादी केन्द्रले छ महीना निलम्बन गर्यो

बारा, १० भदौं । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई नेकपा माओवादी केन्द्रले ६...

सम्बन्धित खबर

- Advertisement -neelambads