वीरगंज,११ भदौ ।
वीरगंजमा नेपाल भारत व्यापार साझोदार सम्मेलन आज सम्पन्न भएको छ । गण्डकस्थित क्लार्क रिसोर्टमा आयोजित कार्यक्रमको उद्घाटन वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवीसहाय मीणाले गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका कन्सुलर मीणाले नेपाल भारतको व्यापारिक सम्बन्ध विश्वको अन्य मुलुकभन्दा नजिकको रहेको बताएका थिए ।
उनले नेपाल भारत सबैभन्दा नजिकका राम्रा मित्र राष्ट्र भएको चर्चा गर्दै नेपाली विजुली खपतको लागि भारतको बजार एउटा ठुलो बजार समेत भएको उनले चर्चा गरे । सन २०२३ मा नेपाल नेपाल भारत वीच उर्जा सम्झौता अनुसार अगामि एक दशकमा नेपालबाट भारतले १० हजार मेगावाट विजुली खरिद गर्ने परिकल्पना गरिएको चर्चा गर्दै नेपालको व्यापार,पारवहन,आयात–निर्यातमा समेत सहजीकरण गर्ने हेतुले भारतले रेलमार्गसंग श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय सम्मको कनेक्टिभिटी बढाएको छ ।
त्यसैगरी,विराटनगर,वीरगंज,नेपालगंजमा आईसिपी सञ्चालनमा रहेको बताउँदै भैरहवामा आईसिपीको योजना अघि बढेको समेत महावणिज्यदूतावासका कन्सुलर मीणाले स्पष्ट पारे । त्यसैगरी,मोतिहारी पाइपलाइनबाट हाल अमलेखगंज सम्म डिजेट पेट्रोल आपुर्ती भइरहेको छ भने उक्त योजनालाई चितवन सम्म पु-याउने योजना समेत अघि बढेको बताए । त्यसैगरी,पुर्वी नेपालका जिल्लाहरुमा पनि भारतको सहयोगमा पेट्रोलियम पाइपलाइन योजना अघि बढाइएको उनले बताए । साथै,नेपालले भारतबाट कुल अयातको करिब दुई तिहाई आयात गरिरहेको चर्चा गर्दै अगामि दिनमा नेपाली उद्योगी व्यवसायी र सरकारी पक्षले उठाएको गुनासो एवं मागलाई माथिल्लो निकाय सम्म पु-याउने समेत प्रतिबद्धता जनाए । कार्यक्रमका विशिष्ट अतिथि एवं मधेशप्रदेश सरकार मातहतको नीति आयोगका उपाध्यक्ष डा. सोहन साहले विदेशी निवेश मध्ये नेपालमा सबैभन्दा भारतको निवेश बढिरहेको बताए ।
नेपाल राष्ट्र बैंकको सन २०२४ को तथ्यांकलाई इगित गर्दै उनले नेपालको कुल कृषि उत्पादनमा मधेशप्रदेशले सबै प्रदेशभन्दा बढि करिब ३५ प्रतिशतको योगदान दिइरहेको चर्चा गर्दै भारतीय निवेश मधेशमा मात्र ८ प्रतिशतको हाराहारीमा रहेको औल्याए । जबकी बागमतिमा भारतीय निवेश ५१ प्रशित रहेको उनले चर्चा गरे । साथै,उनले पछिल्लो समय भारतलाई नेपालले खुश पार्न नसकेको समेत औल्याए । जसको कारण सन २०१९ देखि सन २०२४ सम्म भारतीय लगानी नेपालमा करिब १७ प्रतिशतले घटेको तथ्यले उनले पेश गरेका थिए । तसर्थ,नेपालले भारतको विश्वास जित्ने किसिमले नीति धारणा दुई देशको फोरममा राख्नु पर्ने उनको सुझाव थियो । भारतको बिना सहयोग नेपालको अर्थतन्त्र एवं भौतिक पूर्वधारले गति लिन नसक्ने समेत उनको भनाई थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेशप्रदेशका अध्यक्ष अशोक टेमानीले नेपाल र भारतीय जनता र व्यवसायी दुबैको हित हुने नीति सरकारी पक्षले बनाउनु पर्ने धारणा राखे । उनले सीमा क्षेत्रका व्यवसायीको समस्या बेग्लै हुन्छ,काठमाडौ र दिल्लीले फरक चश्माले यहाँका व्यवसायीलाई हेर्ने भएकोले आफुहरु दुख पाइरहेको बताए । सरकारी नीति ठिक नहुदाँ नेपाली व्यवसायी भारतबाट समान आयात गर्दा कहिले ल्याबको नाममा त,कहिले भन्सार नाकाको नाममा, त कहिले राजस्वमा विमती हुदाँँ दुख भोग्नु परेको उनले औल्याए ।
कार्यक्रममा वीउवा संघका अध्यक्ष हरि गौत्तम,चितवन उद्योगा वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठ,उद्योगी व्यवसायी एवं नेपाल भारतका विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिलगायतको सहभागिता थियो । कार्यक्रममा नेपाल भारत उद्योग वाणिज्य संघ वीरगंज शाखाका अध्यक्ष अभिषेक चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कर्याक्रममा विभिन्न सत्रमा छलफल पश्चात घोषणा पत्र पनि जारी गरिएको छ । जसले दुबै देशलाई परस्पर नीति निर्माणमा टेवा पुगोस । कार्यक्रमको सहजीकरण पिएचडिसिसिआई नेपाल–भारत केन्द्रका सचिव अतुल के. ठाकुरले गरेका थिए ।