search

spot_img
spot_img

पूर्व राष्ट्रपति भण्डारी शनिवार वीरगंज आउँदै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,११ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वीरगंज आउने कार्यक्रम तय भएको छ । वीरगंज उद्योग वाणिज्य संघले आफनो सभाहलमा आयोजना गर्ने वृहत महिला सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न उनी वीरगंज आउने लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

वीउवा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरि गौत्तमले महिला केन्द्रीत कार्यक्रम भएकोले प्रमुख अतिथिमा पूर्व राष्ट्रपति भण्डारीलाई निमन्त्रणा पठाइएको र उनी आउने कार्यक्रम पक्का पनि भइसकेको जानकारी गराए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘यो कार्यक्रम पर्सा–बाराका उदाहरणीय महिलाहरुलाई सम्मान गर्ने विशेष समारोह हो,यसले ती महिलाहरुलाई अगामि दिनमा समाजमा योगदान दिन उर्जा प्रदान हुनेछ ।’

कुल २५० जनाको आवेदन अह्वान गरिएकोमा हाल सम्म २४०जनाको आवेदन आइसकेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कुल रु ७ लाख खर्च अनुमान गरिएको सो कार्यक्रममा पर्सा –बाराका विभिन्न क्षेत्रका समाजिक उत्तरदायित्व भूमिका निर्वाह गरेका उत्कष्ट २५ जना महिलाहरुलाई प्रशसा पत्रसहित सम्मान गर्ने कार्यक्रम रहेको वृहत महिला सम्मेलनकी संयोजक डा.लक्ष्मी थापाले जानकारी गराइन् । कार्यक्रममा सम्मेलनका सहसंयोजक निरज अग्रवाल र अनुप अग्रवाल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, वीउवा संघ निकट महिला उद्यमी विकास समितिका पदाधिकारीलगायतको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा संक्रमितको संख्या ५२८ पुग्यो

वीरगंज, ११ भदौ । वीरगंजमा बुधवारसम्म संक्रमितको संख्या ५२८ पुगेको छ। जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार,...

सम्बन्धित खबर

- Advertisement -neelambads