वीरगंज, ११ भदौ । सशस्त्र प्रहरी बल पर्साले १९ लाख २५ हजार ७३६ बराबरको मोटरसाइकलसहित भन्सार छलीका सामानहरू वीरगंज भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले पर्सा जिल्ला वीरगंज म.न.पा.–१० अशोक बाटिकास्थित सिता थापाको घरमा भारतबाट अबैध रूपमा भन्सार छली गरी ल्याई भण्डारण गरी राखेको कपडा नियन्त्रणमा लिएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी नेपाल ल्याइएको भन्सार मुल्य रू १७ लाख ८५ हजार ७३६ बराबरको अफजल डबल एप्पल फलेवर, कपडा र किराना सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
तस्करी कार्यमा प्रयोग गरिएको मोटरसाइकलको पनि रू १,४०,००० मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जनाएका छन् ।

Facebook Comments Box