search

spot_img
spot_img

प्रेस स्वतन्त्रताको सवालमा लडिरहेका छौं–निर्मला शर्मा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ भदौ । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले हामी सबै जना प्रेस स्वतन्त्रताको लागि लडिरहेको बताएकी छन् । वीरगंजबाट प्रकाशित हुने मध्य नेपाल सप्ताहिक पत्रिकाको १० औं वार्षिकोत्सवको अवसरमा आयोजना भएको पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएकी छन् ।

क्लासिक बंक्यूटमा आयोजित समारोहमा मुख्य अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् । पत्रकारिता भनेको लोकतन्त्रको एउटा महत्वपूर्ण स्तम्भ भएको चर्चा गर्दै लोकतन्त्र रक्षाको लागि पनि सम्पूर्ण पत्रकार जगतको भूमिका अहम भएकोले सबै जना आआफनो स्तरबाट पनि राज्यलाई खबरदारी गरिरहनु पर्छ, ,उनले भनिन् ।

उनले केही दिनदेखि कोशी प्रदेशका पत्रकारहरु आन्दोलित छन्,मधेशमा पनि केही दिन अघि पत्रकारहरु आन्दोलनमा उत्रेका थिए,’उनले भनिन्,‘ मिडियाले आजको डिजिटल युगमा अझै सशक्त भएर अघि बढनु आवश्यक छ ।’ मध्य नेपाल सप्ताहिक समुहको बारेमा निकै सराहनीय कार्य गरेको बताइन् ।

‘मैले ७७ मध्ये ७० वटा जिल्ला घुमेको छु, वीरगंज आएर मध्य नेपालको कार्यक्रममा सहभागी भएर,यस्तो पनि उदाहरणीय कार्य गर्न सकिन्छ भन्ने महसुस गर्न पाउँदा मन निकै हर्षित भएको छ,उनले थपिन् । यस्तै मध्य नेपाल सप्ताहिक समुहको प्रगति भइरहोस भनी शुभकामना समते दिइन् । सो अवसरमा अन्नपूर्ण दैनिककी मधेश ब्यूरो प्रमुख एंव जनकपुरकी संवाददाता मनिका झा १५ हजार नगद,कदर पत्र एवं दोसल्ला ओढाएर उत्कृष्ट पत्रकार महिला सम्मान पाएकी थिइन् भने मध्य नेपाल सप्ताहिकका स्तम्भकारद्वय शिवनाथ यादव र गीता भण्डारी ११ हजार नगदसहित सम्मानित भए ।

सप्ताहिकका व्यवस्थापक प्रविण खडका ११ हजार नगदसहित र पत्रिका वितरक जितेन्द्र पटेल पनि सम्मानित भएका थिए । पत्रिकाकी सम्पादक कबिता खडकाको अध्यक्ष्ता र लक्ष्मी खरेलको सहजीकरणमा सम्पन्न भएको कर्याक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी,केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने,मधेशप्रदेश अध्यक्ष श्याम बन्जारा,पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

ट्रयाक्टर चोरीको आरोपमा दुईजना पक्राउ

रौतहट, १२ भदौ । इलाका प्रहरी कार्यालय, गरुडाले ट्रयाक्टर चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सर्लाही...

सम्बन्धित खबर

- Advertisement -neelambads