search

करेन्ट लागेर सिम्रौनगढमा दुई जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

बारा, १३ भदौ । बारा जिल्लाको सिम्रौनगढमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करेन्ट लागेर सिम्रौनगढ नगरपालिका वडा नं. ७ झवानी टोलकी कैलसिया देवी रामको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा जडान गरिएको मोटरको तार चुँडिएर करेन्ट प्रवाह हुँदा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी बिहिबार दिउँसो सिम्रौनगढ २ अमृतगन्जका रामेश्वर महतो कुशवाहाको पनि करेन्ट लागेर मृत्यु भएको छ । कुशवाहा आफ्नै बारीमा जडान गरिएको विद्युतीय मोटरमा पानी हाल्न जाँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको छ ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads